ताजा समाचार

श्रावण ३२ गते २०७६

डेभिजफल क्लबको फुटबल एकेडेमी सुरु

डेविडफल क्लब पोखरा १७ सञ्चालन गर्ने डेभिजफल फुटबल ट्रेनिड़ एकेडेमीको उद्घाटन भएको छ । टोल स्तरदेखि नै फुटबल खेलको विकास गर्ने उदेश्यका साथ सञ्चालित एकेडेमी
पोखरा वडा नम्बर १७ का अध्यक्ष तिर्थराज अधिकारीले उद्घाटन गरे । उनले क्लबले गरेको कामको सराहनीय र प्रसंसायोग्य भएको बताए । उनले क्लबलाई आवश्यक सहयोग गर्न वडा र आफू तयार रहेको बताए ।

कार्यक्रममा एन्फा कास्कीका अध्यक्ष मिलन गुरूड़, छोरेपाटन माविका अध्यक्ष झपिन्द्रराज रेग्मी, गुप्तेशवर गुफाका कार्यबाहक अध्यक्ष गोपाल बराल, पत्रकार सुष्मा पौडेल, पोखरा महानगरपालिकाका सूचना अधिकारी गंगालाल सुवेदी, नेपाली काग्रेस वडा नम्बर १७ अध्यक्ष देवराज आचार्य, नेकपा १७ का अध्यक्ष सुवास ढुड़गाना लगायतले बोलेका थिए ।

कार्यक्रममा डेभिजफल ट्रेनिड़ फुटबल एकेडेमी र इन्द्रेणी फुटबल एकेडेमीबीच मैतिपुर्ण खेल भएको थियो । क्लबका पुर्व खेलाडी अजय गुरूड़, कोपिला पौडेल, कमल जिसी, प्रविण पौडेल लगायतलाई कार्यक्रममा सम्मान गरिएको थियो।

कार्यक्रम संचालन क्लबका महासचिव दिपक सुवेदी ,स्वागत क्लबका प्रथम उपाध्यक्ष कमल भुजेल र अध्यक्षता खेमराज बराल पुष्पले गरेका थिए । सोही अवसरमा क्लबको लोगो र वेबसाइट पनि सार्वजनिक गरिएको थियो । क्लबले आगामी दसैंमा सांगीति साँझ गर्ने निर्णय गरी त्यसका लागि संयोजकको जिम्मेवारी क्लबका सल्लाहकार कुमार गुरुङलाई दिएको छ ।


Loading...