ताजा समाचार

श्रावण ३० गते २०७६

क्यारेवियन प्रिमियर लिग : सन्दिप लामिछानेको टिममा को–को छन् स्टार क्रिकेटर ?

नेपालका चर्चित लेग स्पिनर सन्दिप लामिछानेले यो संस्करणमा क्यारेवियन प्रिमियर लिग (सिपिएल) मा बर्बाडस् ट्राइडेन्ट्समा आवद्ध भएका छन् ।

यो सिजनमा सन्दिपलाई वर्वाडस्ले पाचौं राउण्डमा अनुवन्ध गरेको हो । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर अर्थात ८० लाख नेपाली रुपैयाँ प्राप्त गर्नेछन् ।

यो सिजनमा वर्वाडस् टिममा सन्दिप लामिछानेसहित एलेक्स हेल्स, जेसन होल्डर, असिफ अली, वाहव रियाज, जोशन चाल्स, साई होप, एल्श्रे नर्स, इमाद वासिन, जोनाथर्न कार्टर, केमर होल्डर, रोशन प्रिमअस, रेमोन प्रिमयर, जुस्टिन ग्रेभिस, जोश्रा विश्रप, ह्यादिन वाल्स र लिंको बोउचर छन् ।

यो संस्करणको सिपिएल ड्राफ्टमा नेपालका सन्दिपसहित युवा दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहितकुमार पौडेल परेका थिए । सिपिएलको नयाँ संस्करण सेप्टेम्वर ४ देखि १२ अक्टोवरसम्म वेष्टइण्डिजमा हुनेछ ।

सन्दिपले अघिल्लो सिजन पनि सिपिएल खेलेका थिए । उनले अघिल्लो संस्करणमा सेन्टकिट्स एण्ड प्याट्रियट्सबाट ५ खेलमा ७ विकेट लिएका थिए ।