ताजा समाचार

श्रावण २४ गते २०७६

सन्दिपको टिमलाई हरायो सोमपालको टिमले

क्यानाडामा भइरहेको ग्लोबल टी–२० क्रिकेट अन्तर्गत पहिलो इलिमिनेटर खेलमा नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएर पनि टिमलाई जिताउन सकेनन् । 

अर्का नेपाली राष्ट्रिय टिमका खेलाडी सोमपाल कामीको टिम विन्निपेग होक्सविरुद्वको खेलमा टोरन्टो नेसनल्सका सन्दीपले दुई विकेट लिएर पनि २ रनको हार बेहोर्न पुग्यो । 

खेलमा पहिला ब्याटिङ गरेको सन्दीपको टिमले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा २३८ रन बनाएको थियो ।

हेन्रिच क्लासेनले ४९ बलमा नटआउट १०६ रन बनाए । रोड्रिगो थोमसले ७३ रन बनाए । जवाफमा होक्सले १७.१ ओभरमा ५ विकेटको नोक्सानीमा २०१ रन बनाउँदा प्रकाशका कारण खेल हुन नसकेपछि डक वर्थ लुईस नियमअनुसार होक्स २ रनले विजयी भयो । 

जेपी डुमिनीले ४१ बलमा नटआउट ८५ रन बनाए । यो खेलमा सोमपाल कामी भने खेल्न पाएका थिएनन् । 

जितपछि होक्स दोस्रो क्वालिफायरमा पुग्दा सन्दीपको टिम बाहिरिएको छ । होक्सका डुमिनी म्यान अफ द म्याच भए । 

दोस्रो पटक ग्लोबल टी–२० खेलेका सन्दीप घर फर्कने छन् भने सोमपालले क्वालिफायर खेल्ने सम्भावना पालेर बस्नेछन् ।