ताजा समाचार

श्रावण १८ गते २०७६

टी–२० बरियतामा नेपाल यथास्थानमा

एजेन्सी-नेपाल आईसीसी टी–२० बरियतामा यथा स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शनिबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल यथा स्थानमा रहँदै ११ औं स्थानमा रहेको हो ।

नेपालले हालै मलेसियासँग खेलेको दुईवटा टी–२० सिरिजमा क्लिन स्विप र सिंगापुरमा सम्पन्न आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गतक एसियाली छनोट खेलेपनि वरियतामा सुधार गर्न सकेन ।

नयाँ वरियताअनुसार नेपालले १४ खेलबाट दुई सय एक अक पाएको छ । एसोसिएट देशमा भने नेपाल शीर्ष स्थानमा छ । नेपाल शीर्ष स्थानमा छ ।

नेपालले एसोसिएटमा जिम्बाबे र आयरल्यान्डलाई पछि पारेको छ । टी–२० को समग्र बरियतामा पाकिस्तान शीर्ष स्थानमा छ । दोस्रोमा इङ्ल्यान्ड, तेस्रोमा दक्षिण अफ्रिका, चौथोमा भारत र पाँचौ स्थानमा न्युजिल्यान्ड रहेको छ ।

यसैगरी आईसीसीको एकदिवसीय बरियतामा पनि नेपाल यथास्थानमा छ । नेपाल अघिल्लो महिनाजस्तै समग्रमा १५ औं स्थानमा छ ।

एक दिवसीयको शीर्ष बरियतामा विश्वकप विजेता इङ्ल्यान्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्यान्ड, चौथोमा अष्ट्रेलिया र पाँचौं स्थानमा दक्षिण अफ्रिका रहेका छन् ।