खेलकुद

ताजा अपडेट : ढल्यो पारस र ज्ञानेन्द्रको साझेदारी

सिंगापुरमा जारी आइसीसी टी–२० विश्वकप छनोट क्रिकेट अन्तर्गत एसिया फाइनलको अन्तिम खेल जितका लागि नेपालले सिंगापुरबाट प्राप्त १९२ रनको विजयी लक्ष्य पछ्याइरहेको छ ।  बलिङमा चमत्कार गर्न नसकेको नेपालको भरोसा ब्याटिङमै अडेको छ । तर सुरुवात राम्रो गरे पनि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लबीचको साझेदारी ढलेको छ ।   यसअघि नेपालले खेलेका तीन खेलमध्ये दुईमा जित निकालेको थियो । मलेसियालाई हराउँदा ज्ञानेन्द्रले कीर्तिमानी अर्धसतक बनाएका थिए भने कुवेतलाई… पुरा पढौ

अपडेट : नेपाललाई विशाल लक्ष्य, पूरा गर्न सक्ला ?

टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा सिंगापुरले नेपाललाई १९२ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको हो । सिंगापुरलाई विशाल लक्ष्यमा पुर्‍याउन टिम डेभिडले ७७ रन बनाए । यसैगरी रोहनले ४९ र मनप्रित सिंहले ४२ रन बनाए । नेपालका लागि अभिनास बोहराले चार विकेट लिए । करण केसीले २ विकेट लिए । नेपालले केहीबेरमा… पुरा पढौ

अपडेट : सिंगापुर विरुद्ध नेपालको कमजोर बलिङ

सिंगापुरमा जारी आइसीसी टी–२० विश्वकप छनोट क्रिकेट अन्तर्गत एसिया फाइनलको अन्तिम खेलमा अहिले नेपालले सिंगापुरसंग प्रतिस्पर्धा गरिरहेको छ । यो खेलको विजेता टिम विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । इन्डियन एसोसियसन मैदानमा सिंगापुरले पहिले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।  नेपालले फितलो बलिङ गर्दा सिंगापुर उच्च योगफलतर्फ अगाडि बढेको छ ।  टिम डेभिडलाई रोक्न नसक्ने हो भने नेपालले ठूलो योगफलको सामना गर्नुपर्ने देखिन्छ । डेभिडले अर्धसतक बनाइसकेका छन् ।  शीर्ष… पुरा पढौ

सिंगापुर टस जितेर ब्याटिंग गर्दै

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत चौथो तथा अन्तिम खेलमा नेपालले आयोजक सिंगापुरसंग खेल्दैछ। खेल नेपाली समय ७:१५ बजे बाट सुरु हुनेछ। सिंगापुरको इन्डियन एसोसीएसन मैदानमा सिंगापुरले टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको छ। नेपालले अन्तिम खेलमा कुवेतसंग खेलाएको अन्तिम-११ लाईनै आज पनि खेलिएको छ। नेपाली टिम :- पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल , शरद भेसावकर, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, रोहित पौडेल, बसन्त रेग्मी,… पुरा पढौ

सागमा सुरक्षाको लागि रंगशालामा सिसी क्यामेरा

पोखरा रंगशाला छिर्ने ६ वटा प्रवेशद्वार छन् । मुख्य प्रवेशद्वार र दुई नम्बरको बाहेक अन्य द्वार खुल्दैनन् । मुख्यद्वार बाह्रैमास खुल्छ । दुई नम्बरको द्वार पनि आवश्यकता अनुकुलमात्रै खुल्छ । बाँकी कुनै पनि द्वार खुल्दैनन् । पोखरा १३ औं सागको केही खेल सञ्चालन गर्ने निर्णय गरिएको छ । रंगशालाभित्र खेलाईने र बाहिर खेलाईने खेलको लागि पार्किङ र सुरक्षा व्यवस्थापनमा चुनौति थपिएको छ । पोखरा रंगशालाभित्र निर्माणाधिन फुटबल मैदानमा महिला फुटबल,… पुरा पढौ

ब्याडमिण्टन उपाधि उपेन्द्र र छवीको जोडीलाई

मिलिजुली कप मेन्स डबल्स ब्याडमिण्टन प्रतियोगिताको उपाधि उपेन्द्र श्रेष्ठ र छबी सुवेदीको जोडीले जितेको छ । पोखराको बगालेटोलस्थित सोपाल तमु समाजमा आयोजित प्रतियोगिताको फाइनल खेलमा शिव शर्मा र अम्मर महर्जनको जोडीलाई २१–१८ र २१–१८ को सोझो सेटमा पराजित गर्दै उपेन्द्र जोडीले उपाधि जितेको हो । प्रतियोगितामा नारायणहरि तिवारी र हेमकृष्ण श्रेष्ठ तथा दिपक मुल्मी र सुरेश श्रेष्ठको जोडीले तृतीय स्थान हाँसिल गर्यो । प्रतियोगितामा नारायणहरि तिवारी र हेमकृष्ण श्रेष्ठ तथा… पुरा पढौ

राष्ट्रिय खेलकुदमा पदक जित्ने ह्यान्डबलका खेलाडीहरु सम्मानित

पोखरा महानगरपालिका– १६ बाटुलेचौरस्थित हिमालय क्लबले ह्याण्डवलका खेलाडीहरुलाई सम्मान गरेको छ । नेपालगञ्जमा गत बैशाखमा आयोजित आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुषतर्फको ह्याण्डवल प्रतियोगितामा गण्डकी प्रदेशलाई स्वर्ण पदक र महिला तर्फ काश्य पदक दिलाउने खेलाडीहरुलाई शनिबार सम्मान गरेको हो । गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्ट, कृष्ण थापा, मेखलाल श्रेष्ठ, कुमार खड्का, नेपाल ह्याण्डवल संघका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङ, हिमालय कलवका अध्यक्ष मोहनबहादुर थापा लगायतले संयुक्त रुपमा माला, अविर र सम्मान… पुरा पढौ

फुटबल एकेडेमी चलाउँदै डेविड फल युथ क्लब

जिल्लास्तरीय लिगकम नकाउट फुटबलको तयारीमा रहेको पोखरा–१७ छोरेपाटनस्थित डेविडफल युवा क्लबले अब आफैंले भविष्यमा दरिलो टोली बनाउने योजनासहित युवा लक्षित फुटबल प्रशिक्षण शुरु गर्ने तयारी गरेको छ । क्लबका अनुसार विभिन्न उमेर समूहका खेलाडीलाई राखेर एकेडेमी नै सञ्चालन गर्ने लक्ष्य लिएको छ । क्लबले अहिले २० जनालाई फुटबल प्रशिक्षण दिदैं आएको छ । क्लबका अध्यक्ष पुष्प बरालले उमेर समूहका खेलाडीलाई प्रशिक्षण दिई एकेडेमीको रुपमा स्थापित गर्ने योजना रहेको बताए ।… पुरा पढौ

सिंगापुरलाई उसकै मैदानमा पछार्न सक्ला नेपालले ?

टि–२० विश्वकप छनौट अन्तर्गत अन्तिम खेलमा आइतबार नेपाल र आयोजक सिंगापुर प्रतिस्पर्धा गर्दैछन् । खेलमा जुन टिमले जित्छ त्यो टिम प्रतियोगिताको विजेता हुने हुँदा खेल अघोषित फाइनल जस्तै हो । खेल नेपाली समय बिहान ७ः१५ बजे सुरु हुनेछ । आफ्नै मैदानमा सिंगापुरलाई पराजित गरे नेपाल अक्टोबर ११ देखि युएईमा सुरु हुने टि–२० विश्वकप ग्लोबल छनोट खेल्नेछ । टि–२० अन्तर्राष्ट्रिय वरीयतामा सिंगापुर २३ औं स्थानमा रहेको टिम हो । प्रतियोगितामा अपराजित… पुरा पढौ

पारस चम्किएपछि नेपालको सानदार जित

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल  ) प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो जित दर्ता गर्ने क्रममा कुवेतलाई ७ विकेटले सहजै पराजित गरेको छ। खेलमा पहिले ब्याटिंग गर्दै कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर १५.५ ओभरमा पुरा गर्यो। जित पछि अब नेपाल र सिंगापुर बीच भोलि आइतबार खेलिने खेल फाइनल जस्तै भएको छ। जुन टिमले भोलि जित्छ त्यो टिम विजेता हुनेछ र युएईमा अक्टोबरमा आयोजना हुने टि-२० विश्वकप… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं