ताजा समाचार

श्रावण ११ गते २०७६

ब्याडमिण्टन उपाधि उपेन्द्र र छवीको जोडीलाई

मिलिजुली कप मेन्स डबल्स ब्याडमिण्टन प्रतियोगिताको उपाधि उपेन्द्र श्रेष्ठ र छबी सुवेदीको जोडीले जितेको छ ।

पोखराको बगालेटोलस्थित सोपाल तमु समाजमा आयोजित प्रतियोगिताको फाइनल खेलमा शिव शर्मा र अम्मर महर्जनको जोडीलाई २१–१८ र २१–१८ को सोझो सेटमा पराजित गर्दै उपेन्द्र जोडीले उपाधि जितेको हो ।

प्रतियोगितामा नारायणहरि तिवारी र हेमकृष्ण श्रेष्ठ तथा दिपक मुल्मी र सुरेश श्रेष्ठको जोडीले तृतीय स्थान हाँसिल गर्यो ।

प्रतियोगितामा नारायणहरि तिवारी र हेमकृष्ण श्रेष्ठ तथा दिपक मुल्मी र सुरेश श्रेष्ठको जोडीले तृतीय स्थान हाँसिल गर्यो ।

विजयी खेलाडीलाई गण्डकी प्रदेशका सांसद कृष्ण थापाले ट्रफी, मेडलले पुरस्कृत गरे ।

पुरस्कार प्रदान गर्दै सांसद थापाले स्वस्थ्य नागरिक उत्पादन र अनुशासित समाज निर्माणका लागि यस्ता प्रतियोगिताले निरन्तरता पाउनुपर्नेमा जोड दिए ।

सोपाल तमु समाजमा नियमित रुपमा ब्याडमिण्टन खेल्दै आएका खेलाडीको विभिन्न २२ टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

खेलाडीविच भाइचारा अभिबृद्धिका लागि बेलाबखत मिलिजुली कप आयोजना हुँदै आएको प्रतियोगिता संयोजक ठाकुर सिग्देलले जानकारी दिए ।

खेलाडी समेत रहेका सञ्जिबहादुर कोइरालाको सभाध्यक्षमा सम्पन्न समारोह अर्का खेलाडी विजय शाहीले सञ्चालन गरेका थिए ।