ताजा समाचार

श्रावण १२ गते २०७६

ताजा अपडेट : ढल्यो पारस र ज्ञानेन्द्रको साझेदारी

सिंगापुरमा जारी आइसीसी टी–२० विश्वकप छनोट क्रिकेट अन्तर्गत एसिया फाइनलको अन्तिम खेल जितका लागि नेपालले सिंगापुरबाट प्राप्त १९२ रनको विजयी लक्ष्य पछ्याइरहेको छ । 

बलिङमा चमत्कार गर्न नसकेको नेपालको भरोसा ब्याटिङमै अडेको छ । तर सुरुवात राम्रो गरे पनि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लबीचको साझेदारी ढलेको छ ।  

यसअघि नेपालले खेलेका तीन खेलमध्ये दुईमा जित निकालेको थियो । मलेसियालाई हराउँदा ज्ञानेन्द्रले कीर्तिमानी अर्धसतक बनाएका थिए भने कुवेतलाई हराउँदा पारसले कीर्तिमानी अर्धसतक बनाएका थिए । 

त्यही अपेक्षा सिंगापुर विरुद्धको खेलमा गरिएको भए पनि त्यसलाई भने पूरा गर्न सकेनन् । पारसले पहिलो ओभरमै १० रन बनाएका थिए । दोस्रो ओभरमा ज्ञानेन्द्र स्ट्राइकमा हुँदा १४ रन बनेको थियो । 

तर चौथो ओभरमा पारस व्यक्तिगत १२ रनमा आउट भए । 

यो खेलको विजेता टिम विश्वकपको ग्लोबल छनोटमा पुग्ने भएकाले निकै महत्वपूर्ण रहेको छ ।