ताजा समाचार

श्रावण १८ गते २०७६

ब्राम्पटन बिरुद्ध सन्दिप लामिछाने अन्तिम-११ मा

क्यानडामा जारी ग्लोबल टि-२० क्यानडा अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछानेले ब्राम्पटन वुल्भ्ससंगको खेल खेल्ने भएका छन्।

टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) खेल्न सैनापुरमा रहेका कारण पहिलो २ खेल गुमाएका सन्दिपलाई तेश्रो खेल हुने दिन क्यानडा पुगे पनि टिमले आराम दिएको थियो।

ब्राम्पटन बिरुद्धको खेलमा भने सन्दिपलाई अन्तिम-११ मा मौका दिईएको छ। नेपाली समय १०:१५ बजे सुरु हुने खेलमा टोरोन्टोले टस जितेर बलिंग गर्ने निर्णय गरेको छ।

युभराज सिंह कप्तानीको टोरोन्टोले सन्दिपलाई ६० हजार डलरमा ड्राफ्टमार्फत टिममा लिएको थियो।

लिग अंकतालिकामा पाँचौ स्थानमा रहेको टोरोन्टोले ३ खेल खेल्दा १ जित र २ हार बेहोरेको छ त्यसैले आजको खेल जित्नु टिमको लागि महत्वपूर्ण रहेको छ। ब्राम्पटन भने ३ वटै खेलमा जितको साथ अंकतालिकामा शिर्षस्थानमा रहेको छ।

सन्दिपसंगै अर्का नेपाली क्रिकेटर सोमपाल कामि विन्नीपेग हक्सको लागि खेलीरहेपनि अन्तिम-११ मा हालसम्म मौका पाउन सकेका छैनन्।