ताजा समाचार

श्रावण १२ गते २०७६

विद्यालयस्तरीय व्याडमिन्टन भदौ दोस्रो साता

कास्की जिल्ला व्याडमिन्टन संघले आगामी भाद्र दोस्रो साता १८ औं सस्करणको इन्द्रबहादुर गुरुङ स्मृति विद्यालयस्तरीय छात्र तथा छात्रा व्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ ।

संघले आधारभूत तहमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै व्वाईज सिंगल र गल्र्स सिंगलमा प्रतिस्पर्धा गराईने छ । माध्यमिक तह तर्फ व्वाईज सिंगल र डबल्स, गल्र्स तर्फ पनि सिंगल र डबल्समा प्रतिस्पर्धा गराईने प्रतियोगिता संयोजक बबिन बग्दासले जानकारी दिए । उच्च माध्यमिक तह तर्फ पनि व्वाईज सिंगल र डबल्स, गल्र्स सिंगल र डबल्सको इभेण्टमा प्रतिस्पर्धा गरिने छ ।

विजेता विद्यालयका विद्यार्थीलाई पदक, ट्रफी तथा मायाको चिनो प्रदान गरिने छ । बेष्ट प्लेयर व्वाईजलाई स्पोर्टस साईकल, बेष्ट प्लेयर गल्र्सलाई पनि स्पोर्टस साईकल, उदीयमान खेलाडीलाई ट्रफी तथा अनुशासितलाई ट्रफी, सर्वाधिक खेलाडी सहभागि हुने विद्यालयलाई ट्रफी, उत्कृष्ट पोशाक र उत्कृष्ट विद्यालयलाई समेत ट्रफी प्रदान गरिने छ ।

खर्च ४ लाख ९० हजारको अनुमान गरिएको छ । कक्षा ११ र १२ को हकमा भने हाल १२ कक्षामा अध्ययनरत भएको हुनुपर्ने प्रावधान कास्की जिल्ला व्याडमिन्टन संघले राखेको संघका अध्यक्ष डम्बरसिंह गुरुङले आईतबार पत्रकार सम्मेलनमा बताए । प्रतियोगिता भाद्र १० गतदेखि १४ गतेसम्म पोखरा रंगशालास्थित व्याडमिन्टन कभर्ड हलमा सञ्चालन हुने छ । file pic

kheladinews.com