ताजा समाचार

श्रावण १४ गते २०७६

पोखरामा फुल कन्ट्याक्ट कराँते हुने

पोखरामा ‘प्रथम नेपाल फुल कन्ट्याक्ट प्रेसिडेन्ट कप कराँते ग्रान्ड च्याम्पियनसिप’ हुने भएको छ । फुलकन्ट्याक्ट मार्फत पोखराको पर्यटनलाई थप बढोत्तरी गर्नका लागि पोखरामा खेलको आयोजना गर्ने आयोजकले जनाएको छ ।

भदौ १४ देखि शुरु हुने खेलमा ३२ पुरुष र ३२ महिला गरि ६४ खेलाडीको सहभागिता रहने नेपाल फुुलकन्ट्याक्ट कराते महासंघका अध्यक्ष दमन बस्नेतले जानकारी दिए ।

पुरुष तथा महिला खुला तौल समूहका संघमा आवद्ध खेलाडीले प्रतिस्पर्धा गर्न पाउने उनले जानकारी दिए ।

खेलमा प्रथम हुनेले पुरस्कार स्वरुप १ लाख जित्ने छन् । त्यस्तै दोस्रो हुनेले क्रमशः ५० हजार र २५ हजार पाउने छन् । महिला पुरुष खेलमा उत्कृष्ट सबैलाई समान पुरस्कार दिइने अध्यक्ष बस्नेतले जानकारी दिए ।

जापानबाट खाली हात युद्ध कला सन् १९६४ ताका फुलकन्ट्याक्ट शैलीबाट खेलिने खेलको रुपमा विश्वभर फैलिएको थियो । खेलाडी र खेलसँग सम्बन्धित संघ–संस्थाको हक हितमा क्रियाशील महासंघमा १५ संस्था आबद्ध छन् । २०६१ मा विभाजित संघ, डोजो, क्लबको छाता संगठनको रुपमा ‘नेपाल फुल कन्ट्याक्ट कराते महासंघ’ गठन भएको थियो ।

महासंघको गठन यता राष्ट्रिय स्तरका प्रतियोगिता, टेक्निकल सेमिनार, क्याम्प लगायतका कार्यक्रम गर्दै आएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रतियोगितका लागि १२ लाख बराबरको खर्च हुने उनले बताए । खेलमा उपस्थित हुने सिनियर तथा अन्र्तराष्ट्रिय पदकधारी खेलाडीको केही दिनमा तय हुने उनले सुनाए ।