साहित्य

मञ्चमा सुमलको अनुभव, सुन्दरको पुस्तक

गुरुङ साहित्यिक मञ्च नेपालले शुक्रबार अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेलायत अध्यक्ष सुमलकुमार गुरुङसँग साक्षात्कार गरेको छ । बेलायतलाई कर्मथलो बनाएर नेपाली साहित्यमा कलम चलाउँदै आएका गुरुङका कविता, कथा, नियात्रा गरी करिब आधा दर्जन कृति प्रकाशित छन् । पर्वतको चित्रेमा जन्मेर भारतमा शिक्षादीक्षा प्राप्त गर्दै भारतीय सेनाबाट निवृत्त गुरुङले लुम्ले कृषि अनुसन्धान केन्द्रमा काम गरेका थिए । हङकङ हुँदै हाल बेलायतमा बसोबास गर्दै आएका गुरुङले साक्षत्कार कार्यक्रममा आफ्नो साहित्यिक अनुभव सुनाए… पुरा पढौ

कविता : समृद्धिका मालिक

मालिकले लगाएपछि नैसबैभन्दा मूल्यवान पाेसाकनाेकरले पनि पाउने हाे लगाउनपुरानाे नै सही एक जाेर राम्रो जडाैरी कपडा मालिकले खाएपछि नैचाैरासी व्यञ्जननाेकरले पनि पाउने हाे खानजुठो नै सहीबचेखुचेका केही गाँस खानेकुरा समृद्धिले मालिकको खल्तीमा विकास गरेपछि नैमालिककाे खाेल्तीबाट हराउने हाेपाँच - दसका खुद्रा र भिखारीले पनि भेट्ने हाेकहिलेकाही सय वा हजार रूपैयाँ सबैलाई थाहा छसमृद्धिका मालिककाे इतिहास कसरी राणाजीहरू खुसी हुँदाअाफ्ना प्रिय नाेकरहरू सामुचाँदीका असर्फी फ्याकिदिने गर्थे कसरी शाहजीहरूकादिल खुस हुँदाअाफ्ना गलाका सुवर्ण हार नै थुतेरनाेकरहरूलाई… पुरा पढौ

जाँडको कुरा, प्रेमको कुरा, रातको कुरा

बोसन डाँडा, जुनेली रात छ , निभ्न लागेको आगोमा अलि अलि रातोपना बाँकीनै छ, एकछिन अगाडि पोलेको मासुको बास्ना थोरै चाल पाउदै छ नाकले , छेउको पोलबत्ती धीप धीप गर्दैै आफ्नो धर्म निभाउदैछ , तल गहिरोमा बलेको बत्तीले टौदह त्यहाँ छ भन्ने जनाउ दिदैछ , चिसो हावा चलीरहेको छ , म एउटा मेचमा बसेर हेर्दैछु अन्धकार तिर, हातमा एउटा गिलास छ मदिराको, काखमा एउटा  खाली डायरी छ अनि ज्याकेटको गोजीमा… पुरा पढौ

खाटी बाहुन ( लघु कथा )

तराईमा गर्मी सुरु हुन लागेको थियो । तीस चालीस घरहरु भएको बजार पार गर्दै जादा सानो चिया पसल देखियो । चिया खाने विचारले श्रीकृण्ण शर्मा भित्र पसे । झिगा भन्केका र साहुजीको नाकबाट सिगान निस्केको देखिन्थ्यो । भित्र दुईवटा बेन्चमा चार जना बसिरहेका थिए । शर्मा पनि बेन्चको छेउमा गई बसे । चार जना मध्ये एक जना युवकले उनलाई केही प्रश्नहरु सोधे - काहाँबाट आउनु भएको हो बा ? किन… पुरा पढौ

१ हप्ता हेर्छु, रद्द भए यतैबाट खाडी जान्छु

बाउ शाष्टङ्ग दण्डवत्, आराम छु, आराम चाहन्छु। घर परिवारमा आमा, बहिनी पनि सञ्चै होलान् । भैंसी ब्याउने समय भएको थियो, भैंसी ब्यायो कि नाई ? कि गत वर्षजस्तै भैंसी ब्याउने समयमा पाडो उल्टो परेर भैंसीले संसार त छोडेन ? बाउ, मलाई गत वर्षको याद आउँछ। छोरा बुहारी काठमाडौंमा बसेर लोक सेवाको तयारी गरेका छन्। नाति पनि छ। नाति, छोरा, बुहारीलाई यसो अलिअलि घ्यू खान पाउन भनेर ऋणमाथि भए नि ६०… पुरा पढौ

छुवाछुत र विभेदबारे गगनसिंहको उपन्यास

सुदुर पश्चिमका आख्यानकार गगनसिंह थापाको पाँचौ कृति ूउज्ज्वली ू प्रकाशन हुदैछ । सुदुर पश्चिम नेपालमा रहेको जातिय छुवाछुतमााथि लेखिएको यस लघु उपन्यासमा सामाजिक विभेद र कुसंस्कारको सुन्दर कथानक चित्रण गरिएको छ । लेखकका यस अघि सोह्र सौगात ९ संयुक्त कथा सङ्ग्रह ० र आख्यानहरु कर्णालीको छेउछाउ , मेरो मधुशाला र पू्र्खाको चिट्ठी प्रकाशित छन । पुरा पढौ

शीरमा बसेर फेवा वलात्कृत भएको कसरी हेरौं : त्रिपाठी

सहित्यकार ठाकुरप्रसाद त्रिपाठीको फेवा परिवेशलाई विश्लेषण गरेर लेखेको खण्डकाव्य फेवा मानुसी एक कार्यक्रमका बिच पोखरामा सार्वजनिक भएको छ । कार्यक्रम दिपशिखा साहित्य सङगमको ब्यानरमा आयोजना गरिएको थियो । काब्यकार त्रिपाठीले आफुले बाल्यकालमा देखेको फेवाताल बलतकृत भएको फेवा सिरमा टुलुटुलु हेरेर बस्न नसकेर आफुले कलम चलाएको धारणा राखेका थिए । गण्डकी प्रदेशका संसद राजिब पाहारी प्रमुख अतिथी रहेको कार्यक्रममा शिक्षासेवी भिम सुबेदीले लेखक त्रिपाठी ब्यक्तित्व परिचय गराएका थिए । कार्यक्रमलाई सम्बोधन… पुरा पढौ

लघुकथाः भूल

भेषराजले दराजभित्र हेरे, ओछ्यानमा हेरे, वल्लोपल्लो कोठातिर हेरे तर कतै पनि घडी फेला परेन । उनले सम्झने कोसिस गरे, टेबलको घर्रा पटकपटक खोले । खोज्दाखोज्दा आजित भएपछि श्रीमती र छोरालाई हराएको ठाउँ देखाउँदै भने, “नुहाउँदा यहीं राखेको थिएँ, अहिले छैन ।” भेषराजलाई मिटिङमा जान हतार भइरहेको थियो । उनी यत्तिकै त्यतैतिर लागे । “तीन वर्षदेखि व्याट्री पनि नफेरेको, रंग पनि नउडेकोे, अहिले बुच्चै देखियो ।” उनी नीलडाम परेको नाडी हेरेर… पुरा पढौ

खुल्यो राजुको ‘दिमागको बिर्को’

कथाकार राजु क्षत्री ‘अपुरो’को लघुकथा संग्रह ‘दिमागको बिर्को’ लोकार्पण भएको छ । लोकार्पण गर्दै गण्डकी प्रदेश सांसद पुष्पा केसी भण्डारीले प्रदेश सरकारले साहित्यमा चासो दिने बताइन् । स्वतन्त्र पत्रकार सघं कास्की अध्यक्ष असफल गौतमले स्रष्टा परिचय दिएको कार्यक्रममा वडा सचिव ईश्वरीप्रसाद पोखरेल, साहित्यकार मदन भण्डारी, विष्णु बास्तोला, पदम नेपाली र खिमकुमारी भण्डारीले लघुकथा समय सान्दर्भिक भएको बताएका थिए । हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष छन्दमणि… पुरा पढौ

सुश्री हरिकलाकी ‘छोरी’ सार्वजनिक

अढाइ दशक शिक्षणमा बिताएकी हरिकला गुरुङको परिचय थपिएको छ ः उपन्यासकार । उनको उपन्यास छोरी शनिबार सार्वजनिक भएको छ । अविवाहित हरिकलाले आफ्नो पहिलो कृतिलाई छोरी नाम दिएकी छन् । आँटीघर पैगीलामा समाजले शनिबार आयोजना गरेको कार्यक्रमा उपन्यास सार्वजनिक गरियो । हरिकलाले उपन्यासमा आफूले समाजको चित्रण गर्न खोजेको बताइन् । उनले पाठकको सुझावलाई मध्यनजर गरी अघि बढ्ने बताइन् । साहित्यकार एलबी थापाले नेपाली समाजमा नारीबारे विरोधाभाष रहेको बताए । उनले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं