ताजा समाचार

असार ४ गते २०७६

सुन्दरता ( लघुकथा )

ढकमक्क फुलेकी सयपत्रीले फक्रिएको गुलाफलाई भनि – हेर त हामी कति सुन्दर छौं |हाम्रो सुन्दरताले बगैचा नै शोभायमान भएको छ |’

राताम्मे फुलेको लालीगुराँसले मुसुक्क हाँसेर मखमलीलाई भन्यो – ‘ हाम्रो सुन्दरतामा भमरा मात्र होइन, मान्छेहरु पनि लठ्ठिएका छन् |’ चमेलीले सुनाखरीलाई भनी – ‘ हेर त सखी , तिम्रो सुन्दर रुप र मेरो मोहक बासनाले यो बगैचारुपी सुनमा सुगन्ध थपेको छ |’

गुर्धौलीले आरुका फूललाई भनी – ‘ कल्पना गर त, हाम्रो अनुपस्थितिमा यो बगैंचा कति कुरूप हुन्थ्यो होला ?’ यस्तै तर्क – बितर्क सुनिरहेको धूपिले भन्यो – ‘ तिमीहरु आफ्नो क्षणभंगुर रुप र सुन्दरताको घमण्ड नगर |

आजभोलि कहिल्यै नओइलाउने, घामपानी, हुरी, शीत तथा किराहरूले केहि असर नगर्ने प्लास्टिकका फूलहरु मन पराउँछन प्लास्टिकजस्ता मान्छेहरुले |’