ताजा समाचार

असार ५ गते २०७६

२ मुक्तक

मान्छे मर्छ हावाबिना,उसैगरी पानीबिना माछा मर्छ
था’छ मलाई सुन्दर फूल नि एकदिन ओइलाएर झर्छ
जति कोशिश गर्दा पनि अहँ, मरे मेसो पाइनँ मैले,
भनिदेऊन,तिमीले जस्तै मार्न माया क्यारी लाउनुपर्छ?

हो, प्रायःजसो हो, उसले पनि अाफूलाई श्रृङ्गार गर्न भुल्छ
तर म प्रकृति होइन, जसको सुन्दरता बसन्तमा मात्रै खुल्छ
नपत्याए अलिकति प्रेमले हेरिदिनु मलाई, बस् हजुरले हेरिदिनु,
बाह्रैमास यी अोठमा गुलाफ अनि गालामा गुराँस फुल्छ