साहित्य

कविता : जंगबहादुर

यतिबेला कसैले नपढे हुन्छजंगबहादुर मरेको झुठो इतिहास। जंगबहादुर प्रत्येक अखबारहरुमार्फत टेलिभिजनहरुमार्फत हाम्रालागि प्रत्येक दिनआदेशहरु जारी गरिरहेकाछन् ।प्रत्येक दिन हामी सबै जंगबहादुरको आदेश छातीमा टाँगेर हिडिरहेका छौँ । आफ्नो प्रिय घोडा चढेरप्रत्येक दिन जंग बहादुरउही सान सौगातका साथउसैगरी आफ्नो सवारी चलाउछन राजधानीका सडकहरुमा । जंग बहादुर संगसंगै उनको पुरानो घोडा पनि जिवित छ बालबच्चा बुढापाका सबैले देख्नेगरी हिन्हिनाउदै कराउछ पहिल्यैजसरी ।जंग बहादुर सवार घोडा हाम्रा पू्र्खाहरु कोपरेका दाँतहरु बोकेर सान सौगातका साथ हिडिरहेकै छ हाम्रो बस्तीमा । जंगबहादुरको घोडाजब हिन्हिनाउछ बस्तीको… पुरा पढौ

डोकोनाङ्लो डटकम(कथा)

‘बिक्नै छाडे, अब के गर्ने होला ?’ छेवाङले निगालोको भारी आँगनमा फाले । छेवाङको पिँढी डोको र नाङ्लोले भरियो । तर किन्ने मान्छे आएनन् । निगाले गाउँका धेरैजसो सहर पसेकाले उनको डोकोनाङ्लो, थुन्चे बिक्न छाडे । उनले जानेको सीप डोकोनाङ्लो बुन्ने नै हो । यही बेचेर परिवारलाई खानलाउन पु¥याउँथे । कक्षा ९ पुगेका छेडुपको स्कुल खर्च पनि पुग्थ्यो । ‘छेडुप, डोको त १०० वटा पुगिसेकछ, नाङ्लो पनि २० वटा भएछ,… पुरा पढौ

कृष्ण सेन इच्छुकका चर्चित २ कविता

जेल म पर्खालभित्र छुतिमी पर्खालबाहिर छौम पहराभित्र छु, तिमी पहराबाहिर छौम यातना–गृहमा छुतिमी खुल्ला शिविरमा छौसिकारीले बाँधेको छाँद होस्अथवा त्यो उसको फाँद होस्के फरक पर्‍यो र?मित्र, अर्काको मुठ्ठीभित्र पराधीन जिन्दगीजहाँ काटनु परे पनि त्यो जेल हुन्छ।जहाँ जीवन बन्धनहरूभित्र कैद हुन्छजहाँ सुन्दर सपना सधैँ अवैध हुन्छजहाँ मुक्त आकाङ्क्षाहरू बन्देज हुन्छन्जहाँ हार्दिक भावहरूमा ठेस लाग्छअनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनिनिर्धक्क सास फेर्न प्रतिबन्ध हुन्छबन्दुकको पहरा होस्अथवा त्यो कानुनको घेरा होस्के फरक… पुरा पढौ

इकोल्लु श्रीनिवास !

श्रीमान लोकतन्त्र म इकोल्लु श्रीनिवास आन्ध्र प्रदेशज्यालादारी मजदूर ! दूर्घटनाको गहिरो चोट छ टाउकामार उपचारको विल छ एक लाख अठ्ठाइस हजार मसँग उठ्ठाइस पैसा पनि छैन तर, अझै मसँग छन् मेरा केही अङ्गहरू जसलाई झिकेर तिमी लैजान सक्छौ र लगानी असुल उपर गर्न सक्छौ मर्नुअघि,तिम्रो नोक्सानीलाई भर्पाई गर्नम खुसी खुसी तयार छु ता कि,यही विलको कारण मेरो लास अस्पतालमा नकुहियोसया मेरा परिवारले यही विलको कारण अपमान नभोगुन ! श्रीमान लोकतन्त्र,म… पुरा पढौ

नेपाली भाषामा एकरुपता ल्याउन परिपत्र

विद्यालय, अदालत र मिडिया तीनै क्षेत्रमा नेपाली भाषामा एकरुपता ल्याइने भएको छ । शैक्षिक क्षेत्रमा एकरुपता ल्याउन शिक्षा मन्त्रालयले परिपत्र जारी गरेको छ । नेपाली भाषाको प्रयोगमा विविधता आएको भन्दै नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित दशौं संस्करण ‘नेपाली बृहत् शब्दकोश’अनुसार सबै क्षेत्रमा भाषामा एकरुपता ल्याउन लागिएको हो । भाषामा एकरुपता ल्याउने विषयमा प्रतिष्ठानले सबै क्षेत्रमा गोष्ठी तथा छलफल अघि बढाइरहेको प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले बताए । “राष्ट्रिय परीक्षा बोर्डले पनि आफ्ना… पुरा पढौ

न्युयोर्कका नेपाली कवि एउटै पुस्तकमा

अमेरिकाको न्यूयोर्कमा रहेर नेपाली साहित्यमा सक्रिय कविका कविताको संयुक्तसङ्ग्रह प्रकाशन भएको छ । व्याकुल पाठक र किशनसिंह धामीले सम्पादन गरेको ‘न्यूयोर्कका नेपाली कवि र कविता’ कृतिको विमोचन न्युयोर्कको ज्याक्सन हाइट्समा शनिबार गरियो । कार्यक्रममा ज्योतिकुमार श्रेष्ठ, पुष्कर बराल, पुनम काफ्ले, शकुन ज्ञवाली, राजेन्द्र श्रेष्ठ, पद्मा लिंखा मगर, आनन्द श्रेष्ठ, पुष्पा अधिकारी, कमला प्रसाईं, लक्ष्मी श्रेष्ठ, जानुका वस्त, राजुविजया सिंखडा लगायतले कवितावाचन गरे । सो अवसरमा न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत… पुरा पढौ

रत्ननगरमा बहुभाषिक लोकगीत उत्सव

चितवनको रत्ननगरमा बहुभाषिक लोकगीत उत्सव हुने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जेठ १० गते उत्सव गर्न लागेको हो । प्रतिष्ठानको लोकगीत विभागको आयोजनामा हुने उत्सवमा विभिन्न भाषाभाषीका लोकगीत प्रस्तुत गरिनेछ । प्रज्ञा परिषद् सदस्य एवं कार्यक्रम संयोजक हरिदेवी कोइरालाले उत्सवले भावी पुस्तालाई समेत लोपोन्मुख संस्कार, संस्कृति बुझाउन सहयोग गर्ने बताइन् । उनले भनिन्, ‘उत्सवले लोप हुन लागेका भाषाभाषीका गीत, संगीत र परम्परा उत्थान र जगेर्ना गर्न… पुरा पढौ

रविकिरणलाई गण्डकी वाङ्मय पुरस्कार

साहित्यकार रविकिरण निर्जीवलाई २०७५ सालको गण्डकी वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ । कविता, निबन्ध र उपन्यास विधामा उनका करिब १ दर्जन पुस्तक प्रकाशित छन् । निर्जीवलाई जेठ ८ गते गोकुल जयन्तीमा आयोजित समारोहमा पुरस्कार प्रदान गरिने गण्डकी साहित्य संगम अध्यक्ष डा. कृष्णराज अधिकारीले जानकारी दिए । संस्थाका सदस्य कल्पना चिलुवाल संयोजक र रामराज रेग्मी र खुमलाल पौडेल सदस्य रहेको प्रतिभा छनोट समितिले गरेको सिफारिस बिहीबारको बैठकले अनुमोदन गरेको हो… पुरा पढौ

लघुकथा : मोलमोलाइ

रिभा गाडीबाट झरिन् । उनी सरासर डिपार्टमेन्ट स्टोरभित्र छिरिन् । आफूलाई चाहिने खाद्यान्न सामग्रीका साथै केही कस्मेटिक सामान बकेटमा राखिन । सामानको बिल बन्यो चौबीस हजार आठ सय एक्काईस रुपैयाँ । उनले चूपचाप बिल अनुसारको सबै रकम तिरिन् र आफ्नो बाटो लागिन । अलिक पर पुगेपछि तरकारी किन्नुपर्ने सम्झिन् र गाडी पार्किङ्ग गरिन् । बाटो छेउमा एउटी महिला साग बेच्न बसेकी थिइन् । उनको छेउमा कुपोषणले ग्रस्त बच्चो रुदै थियो… पुरा पढौ

‘सालिक’ लिएर आए शीतल

प्रसिद्ध गीतकार शीतल गिरीको सालिक मुक्तक सञ्चयन शनिबार सार्वजनिक भएको छ । मुक्तक मञ्च, पोखराले आयोजना गरेको एक कार्यक्रमका बिच सो कृतिको विमोचन भएको हो ।साहित्यकार सरुभक्तले मुक्तक काव्यको लघुतम विधा भएकाले यसको लेखनकार्य उत्तिकै कठिन साधनाबाट मात्र सम्भव हुने बताए । मुक्तक लेखन निकै तीव्र गतिमा हुँदै गएको वर्तमान अवस्थामा यसको स्तरीयता र विधागत सचेतनामा समेत विशेष ध्यान दिनु पर्ने अवस्था आएको जनाउँदै उनले मुक्तककारहरूलाई यसतर्फ गम्भीर हुन आग्रह… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं