खुल्यो राजुको ‘दिमागको बिर्को’

कथाकार राजु क्षत्री ‘अपुरो’को लघुकथा संग्रह ‘दिमागको बिर्को’ लोकार्पण भएको छ । लोकार्पण गर्दै गण्डकी प्रदेश सांसद पुष्पा केसी भण्डारीले प्रदेश सरकारले साहित्यमा चासो दिने बताइन् ।

स्वतन्त्र पत्रकार सघं कास्की अध्यक्ष असफल गौतमले स्रष्टा परिचय दिएको कार्यक्रममा वडा सचिव ईश्वरीप्रसाद पोखरेल, साहित्यकार मदन भण्डारी, विष्णु बास्तोला, पदम नेपाली र खिमकुमारी भण्डारीले लघुकथा समय सान्दर्भिक भएको बताएका थिए ।

हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष छन्दमणि त्रिपाठी, सचिव वसन्त बास्तोला, साहित्यकार कल्याण पन्त, डण्डीराज ज्ञवाली र आर्या त्रिपाठी लगायतले रचनावाचनसँगै लघुकथाबारे धारणा राखेका थिए ।