ताजा समाचार

असार ६ गते २०७६

नेपाली भाषा र हामी

1. अहिले नेपाली भाषा लाई मातृभाषा का रूप मा प्रयोग गर्ने हरु विश्व का विभिन्न भाग मा छन्, जस्तै नेपाल, भूटान, सिक्किम, दार्जीलिङ, ब्रिटिश, देहरादून, गोहाटी, भाक्सू, बर्मा, अमेरिका र रूस आदि आदि ।

2. एसरी काम खाेज्दै अथवा सेना मा सेवा गर्दा गर्दै अथवा उच्चशिक्षा प्राप्त गर्न लाखौं का संख्या मा टाढा पुगेका र उतै घरजम गरेर पनि नेपाली भाषा र संस्कृति लाई छाेड्न नसकेका र अझै मायाँ थपिरहेका नेपाली हरु हिजाे आज झन् झन् फैलिँदै गइरहेकाे अवस्था छ ।

3. अचेल नेपाली हरु का गन्तव्य स्थलहरु पनि विस्तारित बन्दै गइरहेका छन् । एकातिर एस्तो छ भने अर्कातिर नेपाल बाहिर का नेपालीहरु को योगदान पनि नेपाली भाषा का लागी कम महत्व को छैन ।

4. केहि वर्ष अघि सम्म नेपाल मा एउटा उखानै थियो- ” दार्जीलिङ ले सोचे पछि काठमाण्डू ले साेच्छ” । वास्तव मा नेपाली भाषा र साहित्य को श्रीवृद्धि मा दार्जीलिङ ले गरेको योगदान अतुलनीय नै छ । अहिले पनि दार्जीलिङ नेपाली भाषा र साहित्य को संरक्षण का निम्ति कृतसंकल्प छ ।

5. एहि निष्ठा देहरादून र सिक्किम मा पनि छ । एति मात्र होइन हिन्दुस्थान मै शिलाङ, गोहाटी, भाक्सू र नागाल्याण्ड मा पनि नेपाली भाषा मा सगर्व कलम चलिरहेका छन् र राम्रा राम्रा रचना हरु तयार भइरहेछन् ।

6. नेपाल सँग सीमा नजोडिएका भूटान, बर्मा र हङकङ मा पनि ठूलो संख्या मा नेपालीभाषी आफनो मातृभाषा को संरक्षण मा सक्रिय छन् र साहित्य सिर्जना गरिरहेछन् ।

7. एहि अभियान अहिले अध्ययन र व्यवसाय का क्रम मा यूरोप, अमेरिका, अष्ट्रेलिया, क्यानडा, इजरायल र अरब आदि संसार का विभिन्न देशहरु मा पुगेका नेपाली युवाहरु ले सशक्त रूप मा सञ्चालित गरिरहेछन् ।

8. नेपाली जाति को एहि भाषानिष्ठा देखेर बीबीसी, अल इण्डिया, रेडियो बेइजिङ, भ्वाइस अफ अमेरिका, रेडियो ढाका र रेडियो पाकिस्तान आदि संसार का अति विशिष्ट रेडियो केन्द्रहरु ले पनि आफनो प्रसारण मा नेपाली लाई सम्मानजनक स्थान दिएका छन् ।

9 छिमेकी हिन्दुस्थान ले त उसकाे आफ्नाे देश मा संख्यात्मक र गुणात्मक दृष्टि ले महत्वपूर्ण भाषाहरु को समूह मा नेपाली लाई विशेष सम्मानित स्थान अर्पित गरेको छ, संविधान काे आठाैं अनुसूची मा नै राखेकाे छ ।

10. एसरी हिमाली भूमि को यो सुन्दर भाषा आज विश्व का अतिविशिष्ट भाषाहरु को पंक्ति मा उभिन पुगेको छ र एउटा महत्वशाली अन्तर्राष्ट्रिय भाषा को रूप मा परिणत हुन छटपटाइरहेकाे छ ।

11.तर एसै बेला याे भाषा व्याकरण विहीन र काेश विहीन बन्न पनि विवश भएकाे छ । के तपाईं ले एता तिर कहिल्यै ध्यान दिनु भएकाे छ ? ध्यान दिनु भएकाे छ भने अवश्य चिन्तित पनि बन्नु भएकाे छ । यदि दिनु भएकाे छैन भने ध्यान दिन ढीलाे नगराैं ।