ताजा समाचार

असार ९ गते २०७६

‘योनीका कथाहरु’ असार १३ बाट

नाटक ‘योनीका कथाहरु’ पोखरामा मञ्चन हुँद ैछ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने नाटकको मञ्चन तयारी सुरु भएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए। नाटक असार १३ गते शुक्रबारबाट १५ गते आइतबारसम्म गरी ३ दिन मञ्चन हुनेछ । दिउँसो १ र साँझ ५ बजे गरी हरेक दिन २ सो नाटक मञ्चन गर्ने तयारी गरिएको छ ।

नाटकमा लुनिभा तुलाधर, सुदाम सिके, केनिपा सिंह, अनुजा अधिकारी, विनीता गुरुङ, रोशनी स्याङ्बो, अर्चना पन्थी, सचिन मल्ल, आयुश्मान प्याकुरेलको अभिनय हेर्न पाइनेछ । नाटकको अवधारणा, परिकल्पना र निर्देशन आकांक्षा कार्कीले गरेका हुन् । नाटकको आलेख सौरभ कार्कीले तयार पार्दा सुरज सुवेदी, सुदाम सिकेले सौरभलाई सहयोग गरेका छन् ।

नाटकमा बाल्यकालदेखि घर, स्कुल, कलेज, विश्वविद्यालय अनि काम गर्ने स्थानमा हुने यौन दुव्र्यवहार, निर्मलाहरुको कथा, शक्तिको दुरुपयोग, अलग–अलग समुदायका महिलाहरुको भोगाइमार्फत पितृसत्तात्मक सोचलाई चित्रण गर्न खोजिएको निर्देशक आकांक्षा कार्कीले जानकारी दिइन् ।