ताजा समाचार

असार ७ गते २०७६

गजल

पर्ख पर्खन सके तिम्रो पनि पालो आउँछ
आफूभित्रको अन्धकार निभाउ उज्यालो आउँछ

सरकार १ सर्वसाधारणको अधिकार छैन कि कसो ?
हरबार सरकारमा कैले भेना आउँछ कैले सालो आउँछ

पूर्छ भन्छन् घाउ समयले खै भन्नू मात्रै रहेछ
जता पुग्छ पाइला उतै विकराल भड्खालो आउँछ

बाढी पिडितलाई राहत पठाइयो भन्छन् समचारमा
खै हजुर यता वर्षौं भयो न नून आउँछ न टालो आउँछ ?