समाचार

प्राध्यापकलाई कालो मोसो दल्ने ६ जना पक्राउ

गत चैत्र २१ मा पाल्पा रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझामाथि कालोमोसो दल्ने ६ जना विद्यार्थीहरु आज बिहान पक्राउ परेका छन् । प्रक्राउ पर्नेमा सन्तोष खतिवडा, विमर गौली, गोपाल थापा, बामदेव रेग्मी, सुसान पौडेल र मिलन चौधरी रहेका छन् । उनीहरुले ओझामाथि कालो मोसो देलेर जुत्ताको माला लगाईदिएका थिए । घटना लगत्तै उनीहरु फरार रहेका थिए । ओझाले आफुमाथि र्दुव्यवहार गर्नेबिरुद्ध… पुरा पढौ

११ हजार कर्मचारीका लागि लोकसेवा आयोगले विज्ञापन खुलाउदै

स्थानीय तहमा आवश्यक ११ हजार पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अगाडि विभिन्न ४३७ स्थानीय तहबाट प्राप्त ११ हजार चार ९२ जनाको दरबन्दी विवरण आयोगमा पठाएको थियो । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी समस्या परेकाले त्यस्तो कानुनी जटिलता फुकाइदिन परामर्शसहितको पत्र सरकारसमक्ष पठाएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन… पुरा पढौ

हास्ने तरिकाबाट थाहा पाउनुहोस् मान्छेको बानी

भनिन्छ जो हाँस्छ उहि बढी बाँच्छ । चिकित्सकबाट नै प्रमाणित कुरा हो हास्नु स्वास्थ्यका लागि फाइदाजनक छ । हाँसो भनेको एक प्रकारको औषधि नै जसका धेरै फाइदा छन् । समान्यतया: व्यक्ति अनुसार, हाँसो पनि फरक फरक हुन्छ । कोही हाँस्दा मुसुक्क मुस्कुराउँछन् भने कोही दिल खोलेर हाँस्छन् । समुन्द्र शास्त्र अनुसार, व्यक्तिको हाँस्ने शैलीका आधारमा उसको स्वभाव पत्ता लगाउन सकिन्छ । यसरी थाहा हुन्छ हसाईबाट स्वभाव  खित्का छाडेर हाँस्ने व्यक्ति… पुरा पढौ

किन पर्छ चायाँ, कसरी पाउने मुक्ति ?

जाडो र गर्मी दुवै मौसममा कपालमा चाया पर्ने समस्या हुन्छ । टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो वेला टाउकोमा सेता, मसिना फुस्रा दाग देखिन्छन्, जसलाई हामी चाया भन्छौँ ।   कारण सरसफाइ पनि चायाको कारक हो । सरसफाइमा ध्याननदिने मानिसमा चाया पर्ने सम्भावना हुन्छ । कपाल कम नुहाउने बानीले पनि चाया पर्न सक्छ ।  शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि… पुरा पढौ

मिमबहादुरको परिवारलाई बागलुंगेको साथ

मिमबहादुर श्रीस कुनै बेला दुःखी, गरिबलाई सेवा गर्न केही परे पुगिहाल्थे । व्यक्तिगत काम र पारिवारिक प्रगतिभन्दा अघि समाजसेवालाई राखेका उनको गत वैशाख १६ गते निधन भयो । समय यसरी बद्लियो कि अरुलाई सहयोग गर्ने श्रीस परिवारलाई नै सहयोग जरुरी भयो । जैमिनी नगरपालिका वडा नं. १० बागलुङका श्रीसको परिवारलाई सोमबार मनकारीहरुले ५२ हजार ५ रुपैयाँ सहयोग गरे । बागलुङ समाज पोखराका अध्यक्ष कुलचन्द्र शर्माको पहलमा यो रकम संकलन भएको… पुरा पढौ

सिल नतोडेको ससको बोत्तलमा सुर्तीको खोल

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित एक खाजा पसलमा आइतबार ससको बोतलभित्र अखाद्य वस्तु भेटिएको छ । सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो । खाजा खान गएका ग्राहकलाई पसल सञ्चालकले सस निकाल्ने क्रममा सुर्तीको खोलको टुक्रा भेटिएको हो । अखाद्य वस्तु भेटिएपछि ससको बोतल बरामद गरिएको गाउँपालिकाका नायब सुब्बा दयाराम पौडेलले जानकारी दिए । तिरुपती फुड्स एण्ड वेभरेजले २०१८ नोभेम्बर २६ मा उत्पादन गरेको उक्त ससको बोतलमा उपभोग्य समयअवधि… पुरा पढौ

पूर्व एआइजीकै घर लुट्ने खुंखार डाका प्रहरी इन्काउटरबाट यसरी पक्राउ परे

काठमाडौंमा कहिलिएका एक ‘खुंखार’ डाका प्रहरी इन्काउण्टरमा परेका छन् । पूर्व एआइजी जयबहादुर चन्द र पूर्व डिआइजी विश्वराज सिंह शाहीको घरमा डकैती गरेका काले भनेर चिनिने विष्णु तामाङ्गलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो । उनलाई काठमाडौंको टोखामा इन्काउण्टर गरी समातेको हो । प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका तामाङ टोखामा रहेको सूचना पाएपछि सोमबार बिहान प्रहरीको टोली त्यहाँ पुगेको थिए । उनलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण प्रयास गरेपछि गोली… पुरा पढौ

शान्ति सेनामा रहेका नेपाली सैनिकको सहयोगमा लिवियाबाट १५ नेपालीको उद्धार

वैदेशिक रोजगारीको क्रममा युद्धग्रस्त मुलुक लिविया पुगी अलपत्र परेका १५ नेपाली नागरिकको उद्दार गरिएको छ । ट्रिपोलीमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति नियोगको नेपाली सेना र लिवियाको सुरक्षा निकाय तथा आईओएनसँग समन्वय तथा सहयोगमा इजिप्टस्थित नेपाली दूतावासले उनीहरुको उद्दार गरेको हो । इजिप्टको कायरोस्थित नेपाली दूतावासको पहलमा ती नेपालीलाई ट्रिपोलीमा रहेको अन्तराष्ट्रिय आप्रवासन संगठन (आईओएम) को क्याम्पमा राखिएको छ । शान्ति सेनासहितका सुरक्षा निकायले नेपालीको उद्धारमा निरन्तर सहयोग गरिरहेको पनि बताइएको… पुरा पढौ

पन्ध्र तोला सुन चोरीमा संलग्न दुई पक्राउ

दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ मा पन्ध्र तोला सुन चोरी गर्ने दुई जना पक्राउ परेका छन् । स्थानिय चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने सोहि वडाका ३६ वर्षीय नारायण आले र २६ वर्षीय सोम रानालाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घरको दराज तोडफोड गरी चोरी गरेको रानीहार एक थान, बटारे बाला एक थान, छापे औँठी एक थान, चन्द्रमा एक थान, झुम्का दुई… पुरा पढौ

फोहोरको दुर्गन्धले आसपासका स्थानीय हैरान

घर र बस्ती आसपासमा फोहोरको दुर्गन्धले स्थानिय हैरानी भएका छन् । तनहुँको भिमाद नगरपालिकामा ल्याण्डफिल्ड लाइटको अभावमा बस्ती नजिकै फोहरमैला फालिँदा स्थानीयवासी हैरानी भएका हुन् । भिमाद बजारमा सङ्कलित फोहरमैला भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानास्थित सेती नदीको तिरमा फालिदै आएको छ । पिडित एकबहादुर रानाले फोहर जलाएको धुवाँ र दुर्गन्धले गर्दा यहाँका स्थानीयवासीलाई सास्ती भएको बताए । भिमाद नगरपालिकाले नगरपालिकाले फोहर व्यवस्थापन गर्ने जिम्मा तनहुँ उद्योग वाणिज्य सङ्घ भिमाद… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं