समाचार

सगरमाथामा एचआइभी संक्रमितको कीर्तिमान

एचआइभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् । पोखराका ५६ वर्षिय श्रेष्ठ सगरमाथाको चुचुरोमा पुग्ने पहिलो एचआइभी संक्रमित व्यक्ति हुन् । उनी बुधबार बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन् । पुर्व राष्ट्रिय फुटवल खेलाडी समेत रहेका श्रेष्ठलाई २५ बर्ष अघि एचआइभी संक्रमण देखिएको थियो । सन् २०१५ मा पनि सगरमाथा आरोहणका लागि गएका श्रेष्ठ भुकम्पका कारण आधार शिविरबाटै फर्किएका थिए । पुरा पढौ

न्यायाधीशविरुद्ध नै रिट दायर

सेवाग्राहीसँग घूस लिएको आरोपमा उच्च अदालत जनकपुरका न्यायाधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। न्यायाधीश ढकालविरुद्ध काभ्रेका उमेश बानियाँले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । उनीमाथि सेवाग्राही बाँनियाले १८ लाख घूस लिएको आरोप लगाउँदै रिट दायर गरेका हुन्। यसअघि परिबन्दमा पारी १८ लाख घुस लिएको दाबीसहित बानियाँले दर्ता गराउन गएको निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो। कामु रजिष्ट्रार नारायण पन्थीले न्यायाधीशमाथि कारबाही गर्ने निकाय न्याय परिषदले उजुरीमाथि छानबिन… पुरा पढौ

मुस्ताङ : यार्सा लेंकमा समितिको निगरानी

मुस्ताङका लेंकहरुमा यतिबेला यार्सा संङ्कलन सुरु भएको छ ।यार्साका लागि बिभिन्न जिल्लाबाट आएका सर्वसाधारणले लेंकको चहलपहल बढेको हो ।गैर काष्ठ तथा बनपैदावारको रुपमा परिचित हिमाली लेंकमा पाईने महत्वपूर्ण जटिबुटी यार्सा खोज्न यसवर्ष पनि सर्वसाधारणको भीड लागेको छ । यसपालि अन्नपूर्ण संरक्षण आयोजना एक्याप निकट सहयोगी संरक्षणक्षेत्र व्यवस्थापन समितिहरुले आ–आफ्ना लेंकहरुमा धमाधम यार्सा गुम्बा संकलन पूर्जी फुकुवा गर्न थालेका छन् ।पूर्जी फुकुवा गर्दा समितिले लेंकमा हुने अवैध गतिबिधि रोक्न र सरकारले… पुरा पढौ

सडेगलेको अवस्थामा बेवारिसे शव फेला

तनहुँमा एक बेवारिसे शव फेला परेको छ । म्याग्दे गाउँपालिका–४ घुम्तीमा नाम, वतन नखुलेको पुरुषको शव फेला परेको हो। घुम्तीको खेतमा पानी लगिएको नहरबाट वेवारिसे शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीका अनुसार करिब ३५/४० वर्षीय पुरुषको शव मंगलबार साँझ खेतबाट निकालिएको छ। उनको बारेमा केही पनि नखुलेकाले मारेर फालिएको हो वा मापसे गरेको अवस्थामा पानी परेर बढेको नालामा परेर मृत्यु भएको भन्ने यकिन गर्न अनुसन्धान भैरहेको जिल्ला… पुरा पढौ

पर्वतमा जिप दुर्घटना हुदा ४ जना घाईते

पर्वतमा जिप दुर्घटना हुदा ४ जना घाईते भएका छन् । दुर्घटनामा बागलुङको ढोरपाटन नगरपालिका ६ का ३१ वर्षीय धनबहादुर कामी (चालक), वडा नं. १ की ११ वर्षीया मोना बिक, वडा नं. ९ का ४६ वर्षीय सोनम गुरुङ र कास्कीको पोखरा उपमहानगरपालिका १७ का ३० वर्षीय अभिषेक काफ्ले घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार घाईते हुनेहरुमा घाइतेमध्ये चालक कामीलाई केही बढी चोट लागेका… पुरा पढौ

अव छ हजार ट्याक्सी मिटर भाडामा

नेपाल गुणस्तर तथा नापतौल विभागले छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ । विभागले विसं २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उपत्यकामा सञ्चालित हरेक ट्याक्सीमा बढेको भाडा समायोजन गरिँदै आएको जानकारी दिए । विभागले दैनिक ८०… पुरा पढौ

कार्यालयमै कर्मचारीका गालामा थप्पड हानिएपछि

कार्यकक्षमा काम गरिरहेको बेला एक कर्मचारीलाई गालामा झापड हानिएको छ । सिरहाको कल्याणपुर नगरपालिकाका कर्मचारी ओभरसियर छेदि कुमार साफीलाई कल्याणपुर नगरपालिका ७ रमपुरा भेडियाका दिपेन्द्र यादवसहितको समूहले हातपात गरेका हुन् । गत भदौ–असोजमै कल्यापुर ७ कै आधारभूत विद्यालय रमपुरा भेडियाको प्राङ्गणमा माटो पुरेको मूल्याङ्कन गरिदिन भन्दै आएका दिपेन्द्र यादवसँग कामको सम्झौता र कार्यादेश ल्याउनुस अनिमात्र मूल्याङ्कन हुन्छ भनेवित्तिकै यादवसँगै आएका एक जनाले आफूमाथि हातपात गरेको ओभरसेयर साफीले बताए । यता… पुरा पढौ

फोक्सुण्डोमा युवा मृत फेला

डोल्पाको शे–फोक्सुण्डो खोलामा जुम्लाका युवाको शव फेला परेको छ । शे–फोक्सुण्डो गाउँपालिका–८ लामागडास्थित फोक्सुण्डो खोलामा शव भेटिएको हो । जुम्ला पातारासी गाउँपालिका–६ का २२ वर्षीय गोपाल विष्टको शव भेटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिए । खोला किनारमा ढुङ्गाले छोपेर राखेको अवस्थामा उनको शव भेटिएको हो । खच्चडसँगै रहेका गोठालाले शव देखेपछि निकुञ्ज कार्यालयलाई खबर गरेका थिए । मृतक यार्सागुम्बा सङ्कलक भएको अनुमान गरिएको छ ।… पुरा पढौ

पोखरामा भैरहेको सैन्य अभ्यास रोक्नुपर्छ

नेपाल कम्यनिस्ट पार्टीका प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पोखरामा भइरहेको अमेरिकी सेना र नेपाली सेनाको सैन्य अभ्यास रोक्नुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपाका प्रमुख सचेतक गुरुङले नेपाली सेना र अमेरिकी सेनाको संयुक्त नेतृत्वमा विभिन्न १३ देशका सेनाको अभ्यास रोक्नुपर्ने माग गरेका हुन्। उनले देशको सामरिक सुरक्षाको विषयमा गभ्मीर हुनुपर्ने भन्दै परराष्ट्र र रक्षा मन्त्रालयले यो विषय सदनलाई जानकारी दिनुपर्ने माग गरेका छन्। पोखरामा केही दिनदेखि १३… पुरा पढौ

म्यासेन्जरबाट दुर्व्यवहार गरेको भन्दै पक्राउ

सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरबाट एक महिलालाई म्यासेज पठाएर दुर्व्यवहार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पर्वतमा एक महिलालाई म्यासेन्जरबाट अनावाश्यक दुख दिएको भन्दै मोदी गाउँपालिका–६, तिलाहार घर भई डिमुवामा बस्दै आएका २६ वर्षीय सुरेन्द्र नेपाली पक्राउ परेका हुन् । नेपाली नाम गोप्य राखिएकी ती महिलाले कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् । अभियुक्तलाई सोमबार घरबाटै पक्राउ गरेकोमा मंगलबार विद्युतीय ऐनअन्तर्गत अनुसन्धानको लागि महानगरीय… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं