ताजा समाचार

जेठ ९ गते २०७६

मैले बुवालाई मारे भन्दै छोरा प्रहरी चौकीमा

बाबुको हत्या गरेर एकजना आफैँ प्रहरी चौकीमा पुगेका छन् । पूर्वी रुकुमको भूमे गाउँपालिका/७ गुनामका २० वर्षीय विरज विक बाबुको हत्या गरेर भूमे–६ महतमा रहेको प्रहरी चौकीमा पुगेका हुन् ।

४१ वर्षीय बाबु रमन विकको हत्या गरी उनी बिहीबार बिहान ६ बजे महतस्थित प्रहरी चौकी पुगेका थिए ।

बिहान ५ बजे खुकुरी प्रहार गरी बाबुको हत्या गरेका उनी आफैँ प्रहरी चौकीमा आएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए ।घरायसी विवादको कारण घटना भएको र थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।