ताजा समाचार

जेठ ८ गते २०७६

सगरमाथामा एचआइभी संक्रमितको कीर्तिमान

एचआइभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् । पोखराका ५६ वर्षिय श्रेष्ठ सगरमाथाको चुचुरोमा पुग्ने पहिलो एचआइभी संक्रमित व्यक्ति हुन् ।

उनी बुधबार बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन् । पुर्व राष्ट्रिय फुटवल खेलाडी समेत रहेका श्रेष्ठलाई २५ बर्ष अघि एचआइभी संक्रमण देखिएको थियो । सन् २०१५ मा पनि सगरमाथा आरोहणका लागि गएका श्रेष्ठ भुकम्पका कारण आधार शिविरबाटै फर्किएका थिए ।