ताजा समाचार

जेठ ९ गते २०७६

आगलागीमा जलेर एकै परिवारका ३ जनाको मृत्यु

गएराति आगलागी हुदा जलेर एक परिवारका ३ जनाको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका–७, बसपार्कमा रहेको टहरामा आगलागी हुदा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार पुर्चौडी नगरपालिका–५, कुवाकोट घर भई उनीहरु मजदुर गर्न पुर्चौडी नगरपालिका–७ बसपार्कमा टहरा बनाइ बस्दै आएका थिए । चुल्होको आगो सल्केर आगलागी भएको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।