ताजा समाचार

जेठ ९ गते २०७६

आज मौसमको चेतावनी यस्तो छ,सेचत रहनुहोला

केही समय यता तापक्रम बढेसंगै मौसममा उताडचढाव भईरहेको छ । पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागहरुमा हावाहुरी , असिनासहित बर्षा भईरहेको छ । हावाहुरीकै कारण केही दिन यता ठाँउ ठाँउमा भौतिक क्षति गराईरहेको छ । यसबीच मौसम पूर्वामान महाशाखाले विहिबार पनि हावाहुरीसहित बर्षा हुने सम्भावना रहेको बताएको छ ।

विभागले बिहिबार देशका अधिकांश भू–भागमा आंशिक बदली रही अपरान्हपछि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । यसैगरी रातको समयमा पनि देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदलि रही केही स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षा हुने विभागले जनाएको छ भने सचेत रहन पनि आग्रह गरेको छ ।