समाचार

स्वतन्त्र पत्रकार संघ कास्कीमा असफल

स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीको सातौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले असफल गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्ष तिलक थापा, महिला उपाध्यक्ष लक्ष्मी गुरुङ ९तिर्सना०, सचिवमा सुरेशराज अधिकारी, कोषाध्यक्ष ओमप्रकाश उपाध्याय, सह–सचिव गंगासागर उपाध्याय रहेका छन् । यस्तै, सदस्यमा सागर कार्की, भरतप्रसाद तिवारी, अम्बिका राणा, पितमबहादुर सेन ९ठकुरी० डिल्लीराम काफ्ले, डिल्लीराम कार्की रहेका छन् । यसैगरी राष्ट्रिय पार्षद्मा केशवराज पराजुली, उमकान्त शर्मा, भूपनिधि पन्त,… पुरा पढौ

डिभीको नतिजा आज, यसरी हेर्नुस्

अमेरिकी डाइभर्सिटी भिसा (इडिभी) २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म इडिभीका लागि आवेदन खुलाइएको थियो ।  नतिजा https://www.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ । पुरा पढौ

तालिम बालुवामा पानी नबनोस् : मञ्जुदेवी गुरुङ

पोखरा १७ ले अयोजना गरेको कानुनी सचेतना तथा आधारभूत ब्युटिसियन तालिम समापन भएको छ । तालिम समापन समारोहमा पोखरा महानगरकी उपमेययर मञ्जुदेवी गुरुङले महिलाहरु आर्थिक रुपमा सबल र सक्षम र आत्मनिर्भर नहँुदासम्म समस्या भइरहने बताइन् । उनले महिला सबल र सक्षम हुँदा घर परिवार तथा समाजमा परिर्वतन आउने भएकाले सीप सिकेर व्यावसायिक बन्न आग्रह गरिन् । तालिम लिने तर व्यवहारमा लागु नगर्दा महानगरले गरेको लगानी बालुवामा पानी हालेजस्तै जस्तै हुने… पुरा पढौ

एनसेल प्रकरणको सुनुवाइ हेर्दाहेर्दैमा

सर्वोच्च अदालतमा सोमबार भएको एनसेल कर विवादसम्बन्धी रिटमाथिको छलफल नसकिएकोले हेर्दाहेर्दैमा राखिएको छ। दुई पक्षीय छलफल नटुंगिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। न्यायाधीशहरु सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको इजलासमा एनसेल करविवादबारे छलफल भएको हो। भोलि पनि सोही इजलासमा छलफल हुनेछ। २०७६ वैशाख ३ गते सर्वोच्चले एनसेलबाट सबै कर असुल गर्न आदेश दिएको थियो। त्यसपछि ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रूपैयाँ कर… पुरा पढौ

जाजरकोटकी नेपाली चेलीले कुन ईन्डियन फिल्ममार्फत बलिउडमा धुम मच्चाउँदैछिन ?

जाजरकोटकी एक नेपाली चेलीले बलिउडमा धुम मच्चाउने भएकी छिन् । भेरी नगरपालिका– ३, पीपलडाँडाकी २१ वर्षीय सिजन पुनले बलिउडकी मुख्य अभिनेत्री बन्ने अवसर पाएकी हुन्। अभिनेत्री सिजनको ‘हर जनम मे मिलेंगे’ बलिउड चलचित्रको हाल धमाधम छायांकन भइरहेको छ ।चलचित्र पी भन्साली प्रोडक्सन हाउसले निर्माण गरेको हो । मुख्य अभिनेत्रीको भूमिकामा अनुबन्धित सिजनको पहिलो चलचित्र ‘हर जनम मे मिलेंगे’ को छायांकन आधाभन्दा बढी सकिएको छ । छायांकनको ६० प्रतिशत काम पूरा भइसकेको पुनले बताइन्… पुरा पढौ

बच्चा अस्पतालमै छाडेर पक्राउ परेका पूर्व सांसद दम्पतिविरुद्ध मुद्दा दायर

ललितपुरको मेडिसिटी अस्पतालमा बच्चालाई वेवारिसे अवस्थामा छोडेको आरोपमा पक्राउ परेका पूर्व सांसद् गायत्री साह र पति राजेश महतो विरुद्ध प्रहरीले सोमबार जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ। उनीहरु विरुद्ध आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने कसुरमा मुद्दा दायर गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नारायण चिमोरियाले जानकारी दिए । उनीहरु विरुद्ध अदालतले हिरासतमै राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको छ। साह दम्पतिले उक्त अस्पतालमा… पुरा पढौ

अन्त्येष्टि गर्न लाग्दा नवजात शिशुले घाटमै श्वास फेर्दा

एक शिशुको मृत्यु भएको भनी दाहसंस्कार गर्न चितवनको देवघाट लगेर पुर्नका लागि खाल्डोमा राख्दा श्वासप्रश्वास गरेको देखेर फर्काई पुनः अस्पताल ल्याइएको छ । चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको चिकित्सकले जनाएकाले परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट लगेका थिए। चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार हेटौँडा घर भएकी एक अविवाहिता युवतीले अस्पतालमा शिशु जन्माएकी थिइन्। शिशुको मृत्यु भएको भनी परिवारजनले… पुरा पढौ

पोखरामा छैटौँ अनुपम साङ्गीतिक साँझ हुने

पोखरामा अनुपम साङ्गीतिक साँझको छैटौँ संस्करण हुने भएको छ । अनुपम म्युजिक पोखराले हरेक वर्ष गर्दै आएको उक्त कार्यक्रम यस वर्ष जेठ २५ गते हुने हो । सो संस्करणका लागि पोखराका कला, साहित्य र सङ्गीत क्षेत्रका व्यक्तिहरुको भेलाले अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको संयोजकत्वमा २१ सदस्यीय आयोजक मूल समिति गठन गरेको छ । पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा हुने कार्यव्रmममा पोखरा, काठमाडौँ र दार्जिलिङका कलाकारहरुको साङ्गीतिक प्रस्तुतिसँगै नृत्य पनि… पुरा पढौ

जातिय विभेद गर्दै प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ

म्याग्दीको धौलागिरि गाउँपालिका–५ स्थित एक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । जनज्योति आधारभूत द्यालयका प्रधानाध्यापक रघुगङ्गा गाउँपालिका–८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातीय विभेद गर्दै कुटपिट गर्ने स्थानीय बलबहादुर रोका र जीतेन्द्र जुग्जालीलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार पक्राउ परेका रोका र जुग्जालीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए… पुरा पढौ

१२ वर्षीय बालिका बलात्कार आरोपित २ पक्राउ

पोखरामा एक बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–६ घर भएका २१ वर्षीय रामबहादुर रम्तेल र पोखरा महानगरपालिका बस्ने २५ वर्षीय लक्ष्मण चौधरी रहेका छन् । उनीहरुले पोखरा महानगरपालिका–११ रानिपौवा बस्ने धादिङ मलेखु घर भएकी १२ वर्षीया बालिकालाई महेन्द्रपुलस्थित एक होटलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । आफु बलात्कृत भएको भन्दै परेको जाहेरीका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले दुवैलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं