ताजा समाचार

वैशाख २६ गते २०७६

वीरगञ्ज नाका किन बन्द हुदै छ ? पेट्रोलियम पदार्थ अव रोकिन्छ ?

सीमावर्ती भारतीय राज्य बिहारमा हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि तीन दिन सीमा नाका बन्द हुने भएको छ ।

निर्वाचनका लागि वैशाख २७ गतेदेखि २९ गतेसम्म अर्थात मे १० देखि १२ तारिकसम्म्म ३ दिन नेपाल भारतको सीमा नाका बन्द हुने भएको हो ,तर अत्यावश्यक पेट्रोलियम पदार्थ भने नाका हुदै सहज रुपमा आवतजावत हुने छ ।

तीन दिनसम्म देशकै प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार नाका र सिर्सिया सुख्खा बन्दरगाह भन्सार नाका पनि बन्द हुनेछ । भारतीय पक्षको आग्रहमा लोकसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर तीन दिन सीमा नाका बन्द गर्न लागिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार विगतमा ४८ घण्टा सीमा बन्द गर्ने गरिएको भए पनि दुवै पक्षको सहमति र समन्वयमा अबदेखि निर्वाचनको समयमा ७२ घण्टा सीमा नाका बन्द हुनेछ । बिहारलगायत ७ राज्यको ५९ लोकसभा सीटमा १२ मे अर्थात वैशाख २८ गते निर्वाचन हुँदैछ । बिहार राज्यको नाम बौद्ध भिक्षुहरु बस्ने ठाउँ बिहारको नामबाट राखिएको हो ।