ताजा समाचार

वैशाख २६ गते २०७६

यसरी हुदैछ जोमसोम विमानस्थलको स्तरोन्नति

मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु भएको छ ।

नागरिक उड्डयन प्राधिकरणद्धारा विमानस्थलको धावनमार्ग ९रनवे० को ग्रेड सुधार र कालोपत्र थप गर्न लागिएको हो ।

आठ सय १५ मिटर रनवेमध्ये २१५ मिटरको ग्रेड सुधार गरिने आयोजना प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए । हाल तीन सेन्टिमिटर बाक्लो पिच भएको धावनमार्गमा थप चार सेन्टिमिटर कालोपत्र थप गरिने भएको छ । बीस वर्षअघि गरिएको कालोपत्रको म्याद सकिन लागेको थियो ।

विमानस्थल स्तरोन्नति आयोजनाका लागि प्राधिकरण र एपेक्स कन्स्ट्रक्सनबीच गत असोजमा रु नौ करोडमा ठेक्का सम्झौता भएको थियो । चिसो र हिमपातका कारण कात्तिकको अन्तिम सातादेखि काम हुन सकेन ।

मौसममा सुधार आएपछि पर्याप्त मजदुर र उपकरण परिचालन गरेर कामलाई तीव्रता दिइएको एपेक्स कन्ट्रक्सनका इञ्जिनीयर लालध्वज लामाले बताए । गत असारमा १५ महीनाको आयोजना भए पनि अबको दुई महीनाभित्र सम्पन्न गरिसक्ने उनले बताए । विमान अवतरण नहुने समयमा स्तरोन्नतिको काम गरिएको छ ।