ताजा समाचार

वैशाख २६ गते २०७६

बरिष्ठ हास्य कलाकार मदनकृष्ण सम्मानित हुने

बरिष्ठ हास्यब्यंग्य कलाकार मदनकृष्ण सम्मानित हुने भएका छन् ।

आगामी जेठ १४ गते रेडियो अन्नपूर्ण नेपालको पाँचौ वार्षिकोत्सवका अवसरमा उनलाई ‘ रेडियो अन्नपूर्ण नेपाल दीर्घ साधना सम्मान २०७६’ बाट सम्मान गर्न लागिएको हो ।

बरिष्ठ कलाकार श्रेष्ठले गितसंगित र कलामार्फत समाज परिवर्तनमा ठुलो योग्दान पुर्याएको भन्दै 50 हजार नगद राशिसहित सम्मान गर्न लागिएको रेडियो अन्नपूर्ण नेपाल स्टेशन म्यानेजर ठाकुर बेलवासेले बताए ।

उनका अनुसार २०७५ सालबाट वितरण सुरु गरिएको उक्त सम्मान कार्यक्रम गत बर्ष वरिष्ठ गीतसङ्गीत साधक योगश वैद्यलाई सम्मान गरिएको थियो ।