ताजा समाचार

वैशाख २६ गते २०७६

बिवाह गर्छु भन्दै बालिका बलात्कार गर्ने पक्राउ

विहे गर्छु भन्दै बालिका बलात्कार गरेको आरोपमा प्रहरीले इलामका एक जनालाइ पक्राउ गरेको छ ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फाकफोकथुम गाउँपालिका ६ का २६ वर्षीय गोपाल राई पक्राउ परेका हुन् ।

राईले दुई महिना अघि विवाह गर्छु भन्दै आफ्नै घरमा राखेर बलात्कार गरेको पीडितले प्रहरीसमक्ष बयान दिएकी छिन् । बालिकाको बयानकै आधारमा राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो भने उनीमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।