समाचार

सर्वोच्चको चियापान कार्यक्रम कर्मचारीद्वारा बहिस्कार

सर्वोच्च अदालतले कानुन दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रम न्यायपालिकाका कर्मचारीले बहिष्कार गर्ने भएका छन् । दुई वर्षदेखि कम्तिमा १ जना राजपत्र अंकित कर्मचारीलाई चीन अध्ययन भ्रमणका लागि मनोनयन गर्ने गरिएको र यसपटक नगरिएको भन्दै कर्मचारीले अदालतको कार्यक्रम बहिष्कार गर्ने भएका हुन् । पुरा पढौ

वीरगञ्ज नाका किन बन्द हुदै छ ? पेट्रोलियम पदार्थ अव रोकिन्छ ?

सीमावर्ती भारतीय राज्य बिहारमा हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि तीन दिन सीमा नाका बन्द हुने भएको छ । निर्वाचनका लागि वैशाख २७ गतेदेखि २९ गतेसम्म अर्थात मे १० देखि १२ तारिकसम्म्म ३ दिन नेपाल भारतको सीमा नाका बन्द हुने भएको हो ,तर अत्यावश्यक पेट्रोलियम पदार्थ भने नाका हुदै सहज रुपमा आवतजावत हुने छ । तीन दिनसम्म देशकै प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार नाका र सिर्सिया सुख्खा बन्दरगाह भन्सार नाका… पुरा पढौ

बिवाह गर्छु भन्दै बालिका बलात्कार गर्ने पक्राउ

विहे गर्छु भन्दै बालिका बलात्कार गरेको आरोपमा प्रहरीले इलामका एक जनालाइ पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फाकफोकथुम गाउँपालिका ६ का २६ वर्षीय गोपाल राई पक्राउ परेका हुन् । राईले दुई महिना अघि विवाह गर्छु भन्दै आफ्नै घरमा राखेर बलात्कार गरेको पीडितले प्रहरीसमक्ष बयान दिएकी छिन् । बालिकाको बयानकै आधारमा राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो भने उनीमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

बरिष्ठ हास्य कलाकार मदनकृष्ण सम्मानित हुने

बरिष्ठ हास्यब्यंग्य कलाकार मदनकृष्ण सम्मानित हुने भएका छन् । आगामी जेठ १४ गते रेडियो अन्नपूर्ण नेपालको पाँचौ वार्षिकोत्सवका अवसरमा उनलाई ' रेडियो अन्नपूर्ण नेपाल दीर्घ साधना सम्मान २०७६' बाट सम्मान गर्न लागिएको हो । बरिष्ठ कलाकार श्रेष्ठले गितसंगित र कलामार्फत समाज परिवर्तनमा ठुलो योग्दान पुर्याएको भन्दै 50 हजार नगद राशिसहित सम्मान गर्न लागिएको रेडियो अन्नपूर्ण नेपाल स्टेशन म्यानेजर ठाकुर बेलवासेले बताए । उनका अनुसार २०७५ सालबाट वितरण सुरु गरिएको उक्त… पुरा पढौ

यसरी हुदैछ जोमसोम विमानस्थलको स्तरोन्नति

मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणद्धारा विमानस्थलको धावनमार्ग ९रनवे० को ग्रेड सुधार र कालोपत्र थप गर्न लागिएको हो । आठ सय १५ मिटर रनवेमध्ये २१५ मिटरको ग्रेड सुधार गरिने आयोजना प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए । हाल तीन सेन्टिमिटर बाक्लो पिच भएको धावनमार्गमा थप चार सेन्टिमिटर कालोपत्र थप गरिने भएको छ । बीस वर्षअघि गरिएको कालोपत्रको म्याद सकिन लागेको थियो । विमानस्थल स्तरोन्नति… पुरा पढौ

अब राजमार्गमा बन्द भए १० मिनेटभित्रै खुलाइने, कसरी त ?

कुनै पनि कारणले राजमार्ग अवरुद्ध भए १० मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ । विभिन्न बहानामा राजमार्ग अवरोध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र प्रशासनलाई सहज रूपमा काम गर्न गृह मन्त्रालयले नयाँ कार्यविधि लागू गरेको हो । कार्यविधिअनुसार राजमार्गमा २०(२० किलोमिटरको दूरीमा सशस्त्र प्रहरीका सुरक्षा पोस्ट रहने छन् । सशस्त्रले ठूला राजमार्गमा हुने दुर्घटना लक्षित आठ वटा ठूला एम्बुलेन्स समेत खरिद गरेको छ । त्यस्ता एम्बुलेन्सले एकैपटक १०–१२ जनासम्म बिरामी… पुरा पढौ

पोखरामा चितुवाको आक्रमणबाट २ घाइते

 पोखरा–३० स्थित सिशुवा र त्रित्याङ चोकमा बुधवार चितुवाको आक्रमणबाट दुई घाइते भएका छन् । जंगली जनावर चितुवा र मानिसवीच जम्का भेट हुँदा चितुवाले आक्रमण गर्दा सनसरी धरान घरभई पोखरा–३० सिशुवा बस्ने ४५ बर्षीय टिकाबहादुर गुरुङ र पोखरा–३० निवासी ५७ बर्षीया राधिका आचार्य घाइते भएका छन् । उनीहरुको लेखनाथ सिटी अस्पताल उपचार भइरहेको कास्की प्रहरीले दिएको छ । पुरा पढौ

मानव अधिकार संस्था प्रतिपक्ष जस्तो ः सचिव भट्टराई

सरकारको नजरमा राष्ट्रिय मानव अधिकार आयोग प्रतिपक्ष संस्था जस्तो भएको आयोगका सचिव बेदप्रसाद भट्टराईले बताएका छन् । देशका ७७ वटै जिल्लामा मानवअधिकार उलङ्घनका घटनालाई समेट्दै आयोगले राज्यपक्षलाई जवाफदेही बनाउनेतर्फ कटिबद्ध रहेको उल्लेख गरे ।मंगलबार जोमसोममा भएको मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकका लागि १ दिने अभिमुखिकरण कार्यक्रममा सचिव भट्टराईले यस्तो बताएका हुन् । सचिव भट्टराईले मानव अधिकार आयोग सरकारको निगाहाले गठन नभएको उल्लेख गर्दै संस्था गठनमा थुप्रै मानवअधिकार रक्षकहरुको… पुरा पढौ

पोखरामा जाइरोकोप्टर दुर्घटना

पोखरा विमानस्थलमा आज दिउँसो १ः४५ बजे अल्ट्रालाइट जाइरोकोप्टर विमान दुर्घटना भएको छ । पर्यटक बोकेर पोखरा नगरीको दृश्यावलोकन गरेर अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लेर बाहिर जाँदा दुर्घटना भएको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए । सो जाइरोकोप्टर विमानका चालक फ्रेञ्च नागरिक क्याप्टन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए । उनीहरु दुवैजना सकुशल छन् । सो विमानमा सामान्य क्षति भएको छ । विमानको पखेटा भाँच्चिएको र अगाडिको… पुरा पढौ

रातोपैह्रा-दोबिल्ला १२ मिटरको सडक, महतगौंडाको गल्छी काटिने

पोखरा १७ रातोपैह्राको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयदेखि दोबिल्लसम्मको बाटो स्तरोन्नति र चौडा पारिने भएको छ । संग्रहालयको गेट, पर्खाललाई पछि सारिनेछ भने महतगौंडा, लामतारा र दोबिल्लाका गल्छी र घुम्तीहरुसमेत काट्ने र फराकिलो बनाउने योजना छ । सोमबार पोखरा १७ का वडा सदस्य बैकुण्ठ भण्डारीको संयोजनमा भएको भेलाले यसका लागि रातोपैह्रा, महतगौंडा, दोबिल्ला, बाटो स्तरोन्नति तथा बाटो निर्माण उपभोक्ता समिति गठन भएको छ । भेलाले दीपक आचार्यको अध्यक्षतामा ९ सदस्यीय समिति गठन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं