ताजा समाचार

वैशाख २७ गते २०७६

पोखरा जुलोजिकल पार्क खुल्ला गर्न तयारी तिव्र पारिदै,कहिले हुन्छ खुल्ला ?

पोखराको लेखनाथ स्थित पचभैयामा निर्माणाधीन अन्तराष्ट्रियस्तरको चिडियाखाना (जुलोजिकल पार्क)अव खुल्ला गर्ने तयारी गरिएको छ ।

सो चिडियाखानाको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले साउन १ गतेदेखि सञ्चालनमा ल्याउने युनाइटेड क्लब पोखराका अध्यक्ष हिमालय बख्रेलले जानकारी गराए ।

बृहत् पोखराको अवधारणाअनुसार पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर जुलोजिकल पार्क निर्माण गरिदै छ । युनाइटेड क्लब पोखराको विशेष पहल एवंम् स्थानीयवासीको सक्रियतामा १३४ हेक्टर क्षेत्रफलमा जुलोजिकल पार्क निर्माण कार्य भइरहेको क्लबका अध्यक्ष एवम् पार्क निर्माण समितिका संयोजक बख्रेलले जानकारी गराए ।

पार्कभित्र वन्यजन्तु उद्धार केन्द्र सञ्चालनमा रहेको छ र हाल नीलगाई, अजिङ्गर, विभिन्न प्रजातिका चरा, मृग, बाह्सिंङ्गा, गिद्ध, वनबिरालो, बाँदरलगायतका जनावर राखिएको छ ।

क्लबले प्रत्येक वर्ष पोखराको अमरसिंहचौरमा गर्दै आएको पोखरा महोत्सवको आम्दानीको २० प्रतिशत रकम चिडियाखाना निर्माणकै लागि छुट्याउने गरेको छ ।