ताजा समाचार

वैशाख २७ गते २०७६

१० महिने छोरीलाई आमाबाबुले नै जिउदै जलाएपछि

आफ्नै छोरीलाइ जिउँदै जलाउने आमा बाबु पक्राउ परेका छन् ।

दार्चुला जिल्लाको व्यास गाउँपालिका–५ चुकपानीका बुबा २४ वर्षीय नवीन विष्ट र आमा शिला विष्टले १० महिनाकी छोरी अनुस्का विष्टलाइ जिउँदै जलाएपछि प्रहरीले पक्राउ गरेको हो ।

विष्ट दम्पतीले बिहीबार राति १० बजे घरबाट दुई सय मिटर टाढा रहेको सुकेको खरको थुप्रोभित्र राखेर बाहिरबाट आगो लगाइ छोरीलाइ मारेको स्थानियले आरोप लगाएका छन् ।

छोरीको हत्या गरेर भाग्ने क्रममा स्थानीय व्याक्तिहरूले दुवैलाई नियन्त्रणमा लिएर प्रहरीलाइ खबर गरेका थिए।

अहिले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले बताएका छन्।