शनिबार युआरएलको सहयोगमा रेडियो हेमजाको शिविर

पोखरा २५ हेमजामा शनिबार रगतमा हुने खराब बोसो(टिजी) र थाइराइडसम्बन्धी निशुल्क शिविर हुँदै छ । हेमजा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो हेमजाले ७ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको शिविरमा प्राविधिक सहयोग पोखरा सभागृहमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले गरेको छ ।

शिविरमा अरु सबै प्रकारका रक्त परीक्षणमा समेत ५० प्रतिशत छुट दिइनेछ । गरिमा विकास बैँक लिमिटेड हेमजा शाखाको सहआयोजनामा हुने शिविरमा वरिष्ठ थाइराइड, मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. तारा कोइरालाले विभिन्न रोगबारे सचेतना दिनेछन् । शुक्रबारसम्ममा जाँचका लागि १ सयभन्दा बढीले नाम दर्ता गरेको सहकारीका अध्यक्ष मिनराज तिमिल्सिनाले बताए ।