वालिका विवाह गर्नेलाई बालविवाह मुद्धा

प्रहरीले पाँचथरको हिलिहाङ गाउँपालिका बाट बालिका विवाह गर्ने एक ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिलिहाङ गाउपालिका वडा नं. ७ बस्ने २३ वर्षिय चक्र तामाङ रहेका छन् ।

तेह्रथुमको आठराई गाँउपालाका बस्ने एक वालिकालाई फिदिम स्थित शिव मन्दिरमा ल्याई सिन्दुर पोते समेत गरि विवाह गरेको भनी उनी बिरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।

जाहेरीको आधारमा उनलाई बुधबार पक्राउ गरी आज वाल विवाह मुद्धा अन्तर्गत म्याद लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो । वालिका कक्षा आठमा अध्ययनरत रहेको थिइन् ।