समाचार

मुक्तिक्षेत्रमा विश्व शान्तिको कामना गदै ११ करोड म्हाने पुजा हुँने

धार्मिक पर्यटन प्रर्वधन तथा विश्व शान्तिको कामना गर्दै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ मुक्तिनाथ रानीपौवामा आउँदो सोमबार देखि बृहत बज्र गुरु धुङ्ग्युर पुजा सुरु हुँने भएको छ ।मुक्तिनाथ पुराङ रानीपौवा गाउँसमाजले आयोजना गर्ने उक्त पुजामा ११ करोड म्हाने पुजा जप गर्ने लक्ष्य छ । मुक्तिनाथको पुराङ रानीपौवा बजारको पूर्वतर्फको थुम्कोमा ४ वर्ष अघि निर्माण भएको गुरु रिन्र्पोछे बुद्ध मुर्ति पदस्थापनको उपलक्ष्यमा बृहत बज्र गुरु धुङ्ग्युर पुजाको आयोजना गर्न लागिएको गाउँ मुखिया… पुरा पढौ

शनिबार युआरएलको सहयोगमा रेडियो हेमजाको शिविर

पोखरा २५ हेमजामा शनिबार रगतमा हुने खराब बोसो(टिजी) र थाइराइडसम्बन्धी निशुल्क शिविर हुँदै छ । हेमजा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो हेमजाले ७ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको शिविरमा प्राविधिक सहयोग पोखरा सभागृहमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले गरेको छ । शिविरमा अरु सबै प्रकारका रक्त परीक्षणमा समेत ५० प्रतिशत छुट दिइनेछ । गरिमा विकास बैँक लिमिटेड हेमजा शाखाको सहआयोजनामा हुने शिविरमा वरिष्ठ थाइराइड, मधुमेह तथा हर्मोन रोग… पुरा पढौ

कास्कीका किसान चैतेधान खेतीतर्फ आकर्षित

कास्की जिल्लाको सिञ्चित क्षेत्रका किसान चैते धानको खेतीतर्फ आकर्षित हुन थालेका छन् । चैत महीनामा धानबालीको रोपाइँ गरेपछि ३ महिनाको अवधिमा बाली तयार हुनुका साथै राम्रो उत्पादन पनि हुने थालेकाले किसान आकर्षित भएका हुन् । चैते धानका लागि पर्याप्त पानी र रासायनिक मलको आवश्यकता पर्दछ । कास्की जिल्लामा गतवर्ष ४ सय ५० हेक्टर जग्गामा चेत धानखेती गरिएको थियो । किसानले १ हजार २ सय ११ दशमलव ४ मेट्रिक टन उत्पादन… पुरा पढौ

पोखरा जुलोजिकल पार्क खुल्ला गर्न तयारी तिव्र पारिदै,कहिले हुन्छ खुल्ला ?

पोखराको लेखनाथ स्थित पचभैयामा निर्माणाधीन अन्तराष्ट्रियस्तरको चिडियाखाना (जुलोजिकल पार्क)अव खुल्ला गर्ने तयारी गरिएको छ । सो चिडियाखानाको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले साउन १ गतेदेखि सञ्चालनमा ल्याउने युनाइटेड क्लब पोखराका अध्यक्ष हिमालय बख्रेलले जानकारी गराए । बृहत् पोखराको अवधारणाअनुसार पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर जुलोजिकल पार्क निर्माण गरिदै छ । युनाइटेड क्लब पोखराको विशेष पहल एवंम् स्थानीयवासीको सक्रियतामा १३४ हेक्टर क्षेत्रफलमा जुलोजिकल पार्क निर्माण कार्य भइरहेको क्लबका… पुरा पढौ

किन गरियो होस्टेलबाट १९ बालबालिकाको उद्धार ?

काठमाडौंको गोल्फुटारस्थित न्यू कर्णाली होस्टेलबाट १९ बालबालिकाको उद्धार गरिएको छ । केन्द्रीय बाल कल्याण समिति, नेपाल प्रहरी महाराजगञ्ज र बालबालिका खोजतलास केन्द्रलगायतको संयुक्त पहलमा ती बालबालिकालाई उद्धार गरिएको हो । होस्टेल सञ्चालक जय विश्वकर्माले कालिकोट, हुम्ला, डोल्पा र बाँके जिल्लाबाट अभिभावकलाई विभिन्न प्रलोभनमा पारी बालबालिकालाई छात्रवृत्तिमा पढाउन तथा पालनपोषण गर्न भनी ल्याएर अलपत्र पारेको खबर प्राप्त भएपछि बालबालिकाको उद्धार गरिएको हो । कर्णाली होस्टेल नाम राखिएको भए पनि होस्टेल वा… पुरा पढौ

१० महिने छोरीलाई आमाबाबुले नै जिउदै जलाएपछि

आफ्नै छोरीलाइ जिउँदै जलाउने आमा बाबु पक्राउ परेका छन् । दार्चुला जिल्लाको व्यास गाउँपालिका–५ चुकपानीका बुबा २४ वर्षीय नवीन विष्ट र आमा शिला विष्टले १० महिनाकी छोरी अनुस्का विष्टलाइ जिउँदै जलाएपछि प्रहरीले पक्राउ गरेको हो । विष्ट दम्पतीले बिहीबार राति १० बजे घरबाट दुई सय मिटर टाढा रहेको सुकेको खरको थुप्रोभित्र राखेर बाहिरबाट आगो लगाइ छोरीलाइ मारेको स्थानियले आरोप लगाएका छन् । छोरीको हत्या गरेर भाग्ने क्रममा स्थानीय व्याक्तिहरूले दुवैलाई… पुरा पढौ

नेपाल र इस्वातिनी कुटनीतिक सम्बन्धमा

नेपाल र दक्षिणी अफ्रिकी देश इस्वातिनी औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको छ । बिहीबार न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि अमृतबहादुर राई र इस्वातिनीका स्थायी प्रतिनिधि मेलुसी मार्टिन मस्कुले दुई देशबीच सम्बन्ध स्थापना गर्ने संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका हुन्। योसँगै विश्वका १ सय ६६ देशसँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको छ। दुई देशले सम्झौताबारे राष्ट्रसंघका महासविचलाई समेत जानकारी गराएका छन्। सो अवसरमा दुवै दशका राजदूतले नेपाल र इस्वातिनीले… पुरा पढौ

मुस्ताङ, लो-घेकर गापालाई पहिलो प्लास्टिक मूक्तक्षेत्र घोषणा

मुस्ताङको ५ स्थानीय तह मध्ये सबैभन्दा बढी छायाँमा परेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले हालै ५ वटै वडालाई खुला प्लास्टिक मूक्तक्षेत्र घोषणा गरेको छ ।गत माघमा गाउँपालिका स्तरीय अध्ययन अवलोकनका क्रममा भारतको सिक्किम पुगेको टोलीले त्यहाँको सिको गर्दै गाउँपालिकालाई प्लास्टिक मूक्तक्षेत्र घोषणा गर्न सफल भएको हो । गाउँपालिकाले कार्यपालिकाको बैठक बसेर यस्तो निर्णय गरेको अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । गाउँपालिकालाई कसरी सुन्दर,सफा र वातावरणमैत्री राख्न सकिन्छ भन्ने सिक्किमले धेरैकुरा सिकाएको… पुरा पढौ

को हुन अपांग बम जो सुन्दरी प्रतियोगिताको उपाधी होडमा छिन

राजधानीमा जारी ‘मिस्टर एण्ड मिस एसईई २०१९’मा अपांग किशोरीले सहभागिता जनाएकी छिन् । शारीरीक तन्दरुस्त,मानसिक क्षमता तथा सुन्दरताले भरिपुर्ण भएका किशोरीहरु मात्र सहभागी हुने गरेको यस्ता खालका सुन्दरी प्रतियोगितामा कान नसुन्ने र मुख बोल्न नसक्ने सुजल बमले सहभागिता जनाएकी हुन। फेसन ईरा काठमाडौंद्वारा आयोजित प्रतियोगितामा देशभरीबाट ८९ जना प्रतिस्पर्धीहरुले सहभागी भएका छन् । सहभागीेमध्ये ८८ जना सबै सपाङ्ग छन् भने सुजल मात्र अपाङ्ग हुन् । सुदुरपश्चिमको डोटी जिल्लामा स्थायी घर… पुरा पढौ

वालिका विवाह गर्नेलाई बालविवाह मुद्धा

प्रहरीले पाँचथरको हिलिहाङ गाउँपालिका बाट बालिका विवाह गर्ने एक ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिलिहाङ गाउपालिका वडा नं. ७ बस्ने २३ वर्षिय चक्र तामाङ रहेका छन् । तेह्रथुमको आठराई गाँउपालाका बस्ने एक वालिकालाई फिदिम स्थित शिव मन्दिरमा ल्याई सिन्दुर पोते समेत गरि विवाह गरेको भनी उनी बिरुद्ध प्रहरीमा जाहेरी परेको थियो । जाहेरीको आधारमा उनलाई बुधबार पक्राउ गरी आज वाल विवाह मुद्धा अन्तर्गत म्याद लिई थप अनुसन्धान गर्ने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं