ताजा समाचार

वैशाख २८ गते २०७६

पर्वत पाखापानी समाजमा रेग्मी

पर्वतको महाशिला–४, पाखापानीबाट पोखरा आई बसोबास गर्ने समुदायको साझा संस्था पर्वत पाखापानी समाज पोखराको दोस्रो साधरणसभा, प्रथम अधिवेशन, अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले गाउँमा सबै पूर्वाधार तयार भैरहेको र उद्यम गर्ने वातावरण बनेकोले आफ्नै माटोमा गएर योगदान गर्न आग्रह गरे ।

समाजका अध्यक्ष लालबहादुर रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा महाशिला–४, पाखापानीका वडाध्यक्ष पुरण मल्ल, अधिवक्ता डिपी अधिकारी, यातायात ब्यावसायी योगेन्द्र बहादुर केसी, महिला उद्यमी कुलमाया पौडेल, भक्तराज सुबेदी लगायतले बोलेका थिए ।

कार्यक्रमको सन्चालन संस्थाका सचिव दिपक पौडेलले गरेका थिए भने उपाध्यक्ष ध्रुब केसीले स्वागत गरेका थिए ।
उक्त अवसरमा समाजमा बिशिष्ट योगदान गरेवापत मोहदत्त पौडेल, तारा बहादुर रेग्मी र टिकाबहादुर रेग्मीलाई सम्मान गरिएको थियो ।

अधिबेशनले आगामी २ बर्षका लागि लालबहादुर रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा ध्रुब केसी, उपाध्यक्षमा सुबेदार यामबहादुर गुरुङ, सचिवमा दिपक पौडेल, सहसचिवमा सिर्जना सेन शाही, कोषाध्यक्षमा यादव प्रसाद अधिकारी, सहकोषाध्यक्ष विश्वास केसी छन् ।

यस्तै सदस्यहरुमा कुलमाया पौडेल क्षेत्री, प्रेमबहादुर भण्डारी, कृष्णकुमारी क्षेत्री, ताराबहादुर रेग्मी, भगवती पौडेल भुषाल र सुनिल बहादुर क्षेत्री छन् ।