ताजा समाचार

वैशाख २८ गते २०७६

आगलागीमा परी २ को मृत्यु

सल्यानमा आगलागी हुँदा २ जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाईते भएका छन् । जिल्लाको बिभिन्न सामुदायिक बनमा लागेको आगो फैलिँदा २ जनाको ज्यान गएको हो ।

छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रामकाडामा भएको भीषण ज्यान गुमाउनेमा सिमपानीका ५५ बर्षीया पेन्टी बोहरा र शारदा नगरपालिका ९ दुवेरी पुनटोलका अन्दाजी ६० बर्षीय गोवर्धन पुन रहेका छन् ।

पुनको स्थानीय काफलखोली सामुदायीक वनमा लागेको आगलागीमा परि मृत्यु भएको प्रहरीले जनाएका छन् । बैशाख २४ गते घरबाट निस्कीएका उनि परिवारको सम्पर्कमा नआएपछि खोजिकार्य गर्दा शुक्रबार बेलुका जलेको अवस्थामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आगलागीमा परि घाईते भएकामा सिमपानीकाका ४० बर्षिय खगेन्द्र बोहरा रहेका छन् ।घाईते बोहराको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ ।