ताजा समाचार

वैशाख २८ गते २०७६

होटल याक एण्ड यतिबाट किन पक्राउ परे १२ भारतीय ?

होटल याक एण्ड यतिबाट प्रहरीले छापा मार्दा १२ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा अवैध नेटवर्किक व्यवसायका चलाएको आशंकामा उनीहरुलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

नेटवर्किङ व्यवसायमा नेपाली ठगिने सम्भावना देखिएकाले भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

नेटवर्किङ व्यवसाय विस्तार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले होटलमा छापा मारेको थियो । त्यस क्रममा पक्राउ परेका अभियुक्तलाई अहिले महानगरीय प्रहरी परिसरमा ल्याई अनुसन्धान प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।