ताजा समाचार

वैशाख २७ गते २०७६

नेपाल र इस्वातिनी कुटनीतिक सम्बन्धमा

नेपाल र दक्षिणी अफ्रिकी देश इस्वातिनी औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको छ ।

बिहीबार न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि अमृतबहादुर राई र इस्वातिनीका स्थायी प्रतिनिधि मेलुसी मार्टिन मस्कुले दुई देशबीच सम्बन्ध स्थापना गर्ने संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका हुन्।

योसँगै विश्वका १ सय ६६ देशसँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको छ। दुई देशले सम्झौताबारे राष्ट्रसंघका महासविचलाई समेत जानकारी गराएका छन्। सो अवसरमा दुवै दशका राजदूतले नेपाल र इस्वातिनीले राष्ट्रसंघ र अन्य बहुपक्षीय मञ्चमा नजिकै रहेर काम गरेको सस्मरण गरेका थिए।

आउँदा दिनमा दुई देशबीचको द्धिपक्षीय सहकार्यलाई अझ फराकिलो र गहिरो बनाउनेबारे दुवै देशका राजदूतले आफ्ना धारणाा आदान—प्रदान गरेका थिए। नेपाल र इस्वातिनी भूपरिवेष्टित राष्ट्रहरूको समूह, असलंग्न आन्दोलन र जी—७७ समूहको सदस्य छन्।