ताजा समाचार

वैशाख २५ गते २०७६

पोखरामा चितुवाको आक्रमणबाट २ घाइते

 पोखरा–३० स्थित सिशुवा र त्रित्याङ चोकमा बुधवार चितुवाको आक्रमणबाट दुई घाइते भएका छन् ।

जंगली जनावर चितुवा र मानिसवीच जम्का भेट हुँदा चितुवाले आक्रमण गर्दा सनसरी धरान घरभई पोखरा–३० सिशुवा बस्ने ४५ बर्षीय टिकाबहादुर गुरुङ र पोखरा–३० निवासी ५७ बर्षीया राधिका आचार्य घाइते भएका छन् । उनीहरुको लेखनाथ सिटी अस्पताल उपचार भइरहेको कास्की प्रहरीले दिएको छ ।