समाचार

डोजरले खनेको खाल्डामा डुबेर बालकको मृत्यु

सिन्धुलीको मरिण गाउँपालिका–७ बाह्रबिसेमा डुबेर ७ वर्षीय बालक मनिष श्रेष्ठको मृत्यु भएको छ। मरिणखोलामा पौडी खेल्ने क्रममा खोलामा खनेको खाल्डोमा परी श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ। मरिणखोलामा कालिका कन्स्ट्रक्सनले नियमविपरीत खाल्डो खनी कच्चा पदार्थ उत्खनन गरी खाल्डा नपुर्दा बिहीबार बालकको ज्यान गएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिए। कालिका कन्स्ट्रक्सनका छत्रेबहादुर अर्यालले कन्स्ट्रक्सनको डोजरले मरिणखोलामा खनेका जोखिमयुक्त खाडल तत्काल पुर्ने प्रतिबद्धता जनाए… पुरा पढौ

करोडौँको नक्कली भारु लिन जाँदा अन्सारी फेरी पक्राउ

नेपाल प्रहरीले करोडौँको नक्कली भारतीय रुपैयाँ लिन जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूनुसमिया अन्सारीसहित छ जनालाई पक्राउ गरेको छ । पाकिस्तानबाट कतार हुँदै नेपाल भित्रिएको नक्कली भारतीय रुपैयाँ लिन जाने क्रममा उनीहरुलाई आज बिहान ९ः३० बजे विमानस्थलबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । अन्सारी यसअघि पनि विभिन्न घटनामा मुछिएका व्यक्ति हुन् । ठूलो परिमाणमा नक्कली रुपैयाँ रहेकाले घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।… पुरा पढौ

६ गापाबाट रोजगारका लागी ३ हजार निवेदन

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँको छ गाउँपालिकाका करीब तीन हजारले निवेदन दिएका छन् । नागरिकका लागि न्यूनतम रोजगारीको अवसर सिर्जना गराउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत सञ्चालनमा ल्याइएका जिल्लाका छ गाउँपालिकाका दुई हजार ९५४ जनाले बेरोजगार फारम भरेका हुन् । तनहुँको आँबुखैरेनी गाउँपालिकामा एक हजार २४० जना, बन्दीपुर गाउँपालिकाका ६१४, म्याग्दे गाउँपालिकाका १०८, घिरिङ गाउँपालिकाका ३२० र रिसिङ गाउँपालिकाका १७९ जनाले रोजगारीका लागि निवेदन दिएको सम्बन्धित गाउँपालिकाका पदाधिकारीले… पुरा पढौ

कबड्डी–३ थकाली कनेक्सन

मुस्ताङमा कबड्डी–३ सुटिङ चलिरहेको छ ।मुलतः थकाली कनेक्सन संग जोडिएकाले यो चलचित्रको टोली मुस्ताङमा तेहे¥याएर आईपुगेको हो । थकाली कनेक्सन सोल्टासोल्टीबीचको प्रेमकथा चलचित्रले समेट्ने जनाईएको छ ।कबड्डी सिक्योल–३को निर्दैशन रामबाबुले गरेका छन् ।मणिराम पोख्रेलसहित ३ जनाको लगानी रहेको यस चलचित्र बाँसुरी फिल्म प्रोडक्सन तथा सिने आर्टको प्रस्तुती रहने छ । चलचित्रमा पुरानै कलाकारलाई समेटिएपनि केही नया कलाकार छन् ।चर्चित थिएटर नायक दयाह्याङ्क राई सहित १ दजर्न कलाकारले कबड्डीमा अभियनय गर्दैछन्… पुरा पढौ

पूर्वप्रधानन्यायाधीश खत्रीको सय वर्षको उमेरमा निधन

पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन भएको छ । उनको बिहीबार मेडिसिटी अस्पतालमा १०० वर्षको उमेरमा निधन भएको अस्पतालले पुष्टि गरेको हो । नेपालको छैटौँ प्रधानन्यायाधीश बनेका खत्री २०३३ सालदेखि २०४२ सालसम्म प्रधानन्यायाधीश बनेका थिए । स्वर्गीय खत्रीको भोलि बिहान साढे ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारीक श्रोतले जनाएको छ । पुरा पढौ

विद्यार्थीको कुटाईबाट प्रधानाध्यापकको आँखा फुट्यो

काठमाडौँमा विद्यार्थीको कुटाइबाट प्रधानाध्यापकको आँखा फुटेको छ । गोकर्णेश्वरको अनाथ र गरिब परिवारका बालबालिकालाई होस्टलमा राखेर पढाउँदै आएका प्रधानाध्यापक तामाङको २२ वर्षीय छिरिङ तामाङले आक्रमण गर्दा उनको आँखा फुटेको हो । छिरिङ विद्यालयबाट १०/१५ दिन हराउने र फेरि सम्पर्कमा आउने गरेपछि उनका अभिभावकले लागुऔषध दुर्व्यसनीको शंका गर्दै विद्यालयका निर्देशक महावीर लामाको कार्यकक्षमा सोधपुछ गर्ने क्रममा उनले अभिभावकमाथि आक्रमण गरेका थिए । सोही आक्रमणबाट छुटाउन जाने क्रममा प्रधानध्यापक तामाङ छुटाउन गएका… पुरा पढौ

विप्लव नगर इन्चार्जले दिए राजीनामा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व समूहका दाङ जिल्ला कमिटी सदस्य तथा घोराही नगर इन्चार्ज सहदेव थारू ‘बिहानी’ले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरी आफूलाई पार्टीको नीति, सिद्धान्त, विचार मन नपरेको कारण देखाउँदै पार्टीबाट राजीनामा दिएका हुन् । उनले अब आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको र आम नागरिकसरह जीवनयापन गर्न चाहेको बताए । पछिल्लो समय विप्लव समूहले गरेको हिंस्रक गतिविधिले समाजमा सकारात्मक सन्देश नदिएको हुँदा आफूले… पुरा पढौ

गुडिरहेको जिपबाट हाम फाल्दा एकको मृत्यु

गुडिरहेको जिपबाट हामफाल्दा एक जनाको मृत्यु भएको छ । गुडिरहेको जीपबाट हाम फाल्दा बैतडी पञ्चेश्वर गाउँपालिका–६ का ४० वर्षीय राज कोलीको मृत्यु भएको हो । बिहीवार बेलुका गिरेगडाबाट देहीमाडौँतर्फ आइरहेको म१ज ११९ नंको जिपको पछाडि सवार कोलीले पार्सा भन्ने ठाउँमा अर्को गाडीलाई साइडदिन जिप ब्याक गर्दा हामफालेको बताइएको छ । हामफाल्दा गम्भीर घाइते भएका कोलीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले… पुरा पढौ

पूर्वसचिव उपाध्यायलाई प्रोफेसनल इन्जिनियरिङ पदवी

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले ईन्जिनियर पेशाको उच्चतम पदवी प्रोफेसनल इन्जिनियरिङ पाउने भएका छन् । नेपाल इन्जिनियरिङ काउन्सिलले उपाध्यायलाई यो पदवी दिने निर्णय गरेको हो । उनले आफ्नो बिषयमा हासिल गरेको अनुभव र योगदानलाई मूल्यांकन गरी यो पदवी दिन लागिएको काउन्सिलले जनाएको छ । गत वर्षदेखि संस्थाले यो पदवी दिन सुरु गरेको हो । विभिन्न १० मापदण्डको आधारमा यो पदवी दिने गरिएको काउन्सिलले जनाएको छ । पूर्वसचिव उपाध्याय नेपालको विकास,… पुरा पढौ

भारतिय प्रधानमन्त्रीलाई नेपालको प्रधानमन्त्रिको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । भारतमा भएको लोकसभा निर्वाचनमा आज जारी मतगणनामा सत्तारुढ दल भारतीय जनता पार्टीले अग्रता लिइरहेका बेला प्रधानमन्त्री ओलीले मोदीलाई बधाई दिएका हुन् । बधाई संदेशमा प्रधानमन्त्री ओलीले लोकसभा निर्वाचन २०१९ मा शानदार जितका लागि बधाई ज्ञापन गर्दै मोदीसँग मिलेर काम गर्ने विश्वास व्यक्त गरेका छन् । यद्यपी भारतीय निर्वाचनको अन्तिम नतिजा भने अझै आइसकेको छैन । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं