ताजा समाचार

जेठ ११ गते २०७६

मुस्ताङ, कागबेनीमा बस पल्टिदा २ घाईते

मुस्ताङको कागबेनीमा शनिबार अपरान्ह १२ः३० बजे ग१ख ५७२६ नम्बरको मिनि बस दुर्घटना भएको छ ।कागबेनी देखि मुक्तिनाथ जाने कालोपत्रे मोड माथिको उपल्लो सडकबाट ५० मिटर तलको कालोपत्र सडकमा बस खस्दा २ जना व्यक्ति घाईते भएका छन् ।

बस सोही स्थानबाट केही किमी माथिबाट मिस्त्री लगेर मर्मत गरी फर्किने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।दुर्घटनामा घाईते भएका भारत बिहार बेतिया जिल्ला घरभई जोमसोमकै एक ग्यारेजमा मिस्त्रीको काम गर्दै आईरहेका ४७ बर्षिय मोहमत मुस्ताफा र अर्का घाईते साविक म्याग्दी जिल्ला मुदी गाविस ३बस्ने २५ बर्षिय रविन बिक छन् ।


घाईतेको उपचारमा खटिएका जोमसोम अस्पतालका डा. प्रकाश नेपालीका अनुसार दुबै घाईते खतरामुक्त रहेका छन् ।उनका अनुसार घाईते बिक सामान्य छन् भने मिस्त्री मुस्ताफाको दाईने खुट्टाको टिबिए लेन चर्किएको तर तलमाथि नभएको र छातीमा दुखाईको अवस्था रहेको छ ।
दुर्घटनाग्रष्त मिनी बस मुक्तिनाथ जाने क्रममा केही दिनअघि देखि बिग्रिएर बाटोमै थन्किएको जनाईएको छ ।

शनिबार बस मर्मतगरी फर्किने क्रममा दुर्घटना भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए ।बसमा सवार आफुलाई हेल्फर बताउने रविन बिकका अनुसार बस चलाउने ब्यक्ति बस छोडेर भागेको भन्ने बयान दिएपनि यस्को आधिकारी पूष्टि नभएको रेग्मीले बताए ।उनका अनुसार बस के कति कारणले दुर्घटना भएको हो र बस चलाउने ब्यक्ति को हुन् भन्ने बारेमा अनुसन्धान भईरहेको जानकारी दिए ।

घाईते बिरामी

कागबेनी मुक्तिनाथ सडकको कागबेनी उकालो मोडमा अहिले सम्म ३ पटक दुर्घटना भएको छ ।करिव १ वर्षअघि भएको बस दुर्घटनामा मुक्तिनाथ दर्शन गर्न आउने दर्जनौ ब्यक्तिले ज्यान गुमाई सकेका छन् ।