सगरमाथामा हस्त मैथुन गरेको भाईरल तस्विरको वास्तविकता यस्तो छ

सगरमाथामा हस्त मैथुन गरेर विश्व रेकर्ड कायम गरिएको भनेर एक तस्विर भाइरल बनेको छ ।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा सगरमाथा शिखरमा सन् २०१९ को यही सिजनमा एक विदेशी युवकले ‘हस्तमैथुन गरेर विश्व रेकर्ड कायम’ गरेको भनी भाइरल बनाइएको तस्वीर ११ वर्षअघि खिचिएको तथ्य खुलेको छ ।

पर्यटन विभागले सो तस्वीरको आधिकारिकता बुझ्ने क्रममा सन् २००८ मा खिचिएको पाइएको हो । विभागकी निर्देशक मिरा आचार्यले सो तस्वीरलाई अहिले भाइरल बनाउन खोजिएको भन्दै यसबारेमा प्रेस विज्ञप्ति जारी गर्न लागिएको जानकारी दिईन्।

तीन दिनअघि पाकिस्तानका आरोही करिम शाह निजारीले ट्वीटरमार्फत सो तस्वीर सार्वजनिक गरेका थिए । जुन तस्वीरमा एक जना व्यक्तिले शिखरमा हस्तमैथुन गरेर रेकर्ड राखेको दावी गरिएको छ ।

त्यस्तो अश्लील र आपत्तिजनक हर्कत गर्ने व्यक्तिको नाम हग इ रेक्सहुन भनिएको छ । ३६ वर्षीय ती व्यक्ति भर्जिन आइल्याण्डका नागरिक रहेको र उनले विहान ११ बजेर ११ मिनेटको समयमा १२० जनाको सामुन्नेमा सो हर्कत गरेको भनिएको छ ।

यसैबीच पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले सो तस्वीरको सत्यतथ्य बाहिर आउने र जहिले गरेको भए पनि सगरमाथा शिखरमा त्यस्ता हर्कत गर्ने तथा उक्साउनेहरुलाई कार्वाहीको दायरमा ल्याउने बताएका छन् ।