ताजा समाचार

जेठ १० गते २०७६

अर्मलामा अलैंची खेती सुरु

पोखरा १६ अर्मलामा अलैंची खेती सुरु गरिएको छ । सब डिभिजन वन कार्यालय कास्की र वडा कार्यालय १६ को सहयोगमा अर्मलाको करिब ४० रोपनी वन क्षेत्रलाई पकेट क्षेत्र घोषणा गरी कृषि वन प्रवद्र्धन कार्यक्रम अन्तर्गत अलैंची खेती आरम्भ गरिएको जिल्ला अलैंची कृषक संघ कास्की अध्यक्ष जीतबहादुर बस्नेतले बताए ।

अलैंची खेती प्रवद्र्धन गर्न सब डिभिजन वन कार्यालय कास्कीले १० हजार विरुवा उपलब्ध गराएको छ । कार्यालयले यसअघि डिही अर्मला अलैंची कृषक समूहमा आबद्ध ३१ कृषकलाई निःशुल्क तालिम प्रदान गरेको थियो । पोखरा १६ को कार्यालयले ४० हजार मूल्य बराबरका कृषि औजार सहयोग गरेको थियो ।

पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले अर्मलामा लागु गरिएको कृषि वन प्रर्वद्धन कार्यक्रम सुरुआत गरेका छन् । उनले पोखरा महानगरपालिकाले कृषि र वन क्षेत्रको प्रवद्र्धनमा विषेश कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए । आचार्यले कृषि औजारसमेत हस्तान्तरण गरे । सब डिभिजन वन कार्यालय कास्कीका अधिकृत दीपकराज पण्डितले अलैंची खतीको प्रवद्र्धनमा कृषकका लागि आवश्यक प्राविधिक सहयोग हुने उल्लेख गरे ।

अर्मला डिही अलैंची कृषक समूहका अध्यक्ष लालसुवा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अलैंची कृषक संघ कास्कीका सचिव जीतबहादुर बस्नेत, कृषकहरू जयलाल भट्टराई, शारदा बस्नेत, सुशीला भट्टराई, चिनमाया सुवेदी श्रेष्ठ लगायतले धारणा राखेका थिए ।