समाचार

सरकारले सम्मान गर्ने सुचिमा विप्लवका ३ नेता पनि, को को हुन् ?

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३ नेताहरूलाई पनि सम्मान गर्ने भएको छ । सरकारले २०६४ र २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएका सांसदहरुलाई सविधानसभा पदकले सम्मान गर्ने घोषणा गरिरहँदा उक्त सम्मानित हुने लिस्टमा विप्लव समूहका ३ नेताहरु पनि परेका हुन् । गृहमन्त्रालयले तयार गरेको सम्मान गर्ने सूचिमा विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा ,सन्तोषकुमार बुढा मगर ,उमा भुजेललाई पनि सम्मान गर्दैछ । पूर्वमन्त्री समेत रहेका विश्वकर्मा… पुरा पढौ

गुडिरहेको ट्रकमाथि पेट्रोल बम प्रहार हुदा चालक घाईते

नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले सोमबार गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गर्दा चालक घाईते भएका छन् । नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा सो समूहले आगजनी गर्दा चालक तनहुँ ब्यास नगरपालिका–४, बस्ने ३३ वर्षीय अमर विक घाइते भएका हुन् । बिहान ३ बजे पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकबाट पाँच मिटर तल खसेको थियो । घाईते… पुरा पढौ

कर्मचारीहरुको तलव बढ्ने

नजिकिदै गरेको आर्थिक बजेटद्धारा सरकारी कर्मचारीहरुको तलव बृद्धि हुने भएको छ । तलव बृद्धिका लागी कर्मचारी र अर्थमन्त्रीसँगको छलफलमा २० प्रतिशत बढाउन सहमत भएको जनाईएको हो । यस्तै नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको वाचाअनुसार आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षा भत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ । नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने भनेको थियो । पुरा पढौ

बुहारी ग्रुपको वार्षिकोत्सवमा विपन्न बालबालिकालाई सहयोग

सामाजिक सञ्जालबाट जोडिएको ‘बुहारी ग्रुप’ले दोस्रो वार्षिकोत्सवको अवसरमा उदाहरणीय काम गरेको छ । पोखराको रामघाटमा रहेको परोपकार इ।सि।डि। सेन्टरका २४ जना विपन्न बालबालिकालाई सहयोग गरिएको ग्रुपका पोखरा कार्यक्रम को–अर्डिनेटर बिमला कोइरालाले बताइन् । शनिबार एक कार्यक्रम गरी २० हजार रुपैयाँ बराबरको झोला, पुस्तक, खानेपानीको जार, वाटर डिस्पेन्सर कलर, राइस बोल्स, बल, चम्चा, वाल चार्ट लगायतका सामग्री सहयोग गरिएको कोइरालाले जानकारी दिइन् । परोपकार इ।सि।डि। सेन्टर ५ वर्षभित्रका विपन्न वर्गका बालबालिकालाई… पुरा पढौ

कविशिरोमणिको गाउँमा पोखरा ७ का १८० बालबालिका

पोखरा महानगरपालिका वडा नम्वर ७ ले आफना वडाभित्र रहेका बालबालिकाहरुलाई अवलोकन भ्रमण गराएको छ ।वडाभित्र रहेका ८ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई एकदिने अबलोकन भ्रमण गराएको वडा सदस्य किशोर बरालले बताए । उनका अनुसार वडाभित्र रहेका १ सय ८० जना बालबालिकालाई कवि शिरोमणी लेखनाथ पौड्यालको जन्मथलो र अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको भ्रमण गराइएको होे । आठ वटा समुहमा विभाजन गरे वडाले भ्रमण लगेको थियो । कवि शिरोमणी लेखनाथको जन्मस्थल र… पुरा पढौ

बालशिक्षिकालाई मन्टेसरी तालिम

मुस्ताङको घरपझोङ गाउँपालिका ४ जोमसोममा मन्टेसरी तालिम सुरु भएको छ ।गाउपालिकाले ५ वटै वडालाई समेट्नेगरी बिभिन्न बालविकास केन्द्रमा पढाउने शिक्षिकालाई मन्टेसरी संम्वन्धि पहिलोपल्ट तालिम आयोजना गरेको हो । बालविकास केन्द्रमा पढ्ने स–साना बालवालिकाको शिकाई उपलब्धि सहज बनाउने उद्देश्यले घरपझोङ गाउँपालिकाले स्थानीय स्तरमा मन्टेसरी तालिमको आयोजना गरेको हो । यसका लागि ओम बिकास तथा देउकुमारी स्मृति प्रतिष्ठान तथा फुलबारी मन्टेसरी कटेज एण्ड प्रि–एन बेसिकले प्राविधिक सहयोग गरेका छन् । बालवालिकालाई समय… पुरा पढौ

विन्ध्यवासिनी क्याम्पस प्रमुखमा झना खड्का केसी

विन्ध्यवासिनी क्याम्पस वाटुलेचौर पोखराको क्याम्पस प्रमुखमा झना खड्का केसी नियुक्त भएकी छन् । खड्कालाई शनिबार पदस्थापन गराइएको छ । क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष सोमनाथ अधिकारी प्यासी र अध्यक्ष दानबहादुर वानियाँले संयुक्त रुपमा उनलाई पदस्थापन गराएका हुन् । क्याम्पस प्रमुख नरहरि भट्टराईले राजीनामा दिएपछि खड्का क्याम्पस प्रमुख बनेकी हुन् । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराका प्रमुख रामप्रसाद पौडेलको संयोजकत्वमा गठित पदपूर्ति समितिले खड्कालाई सिफारिस गरेको थियो । नेकपा नेता सोमनाथ अधिकारी… पुरा पढौ

सामान झार्ने क्रममा गाडीबाट खस्दा एक जनाको मृत्यु

सामान झार्नेक्रममा गाडीबाट खस्दा गोरखामा एक जनाको मृत्यु भएको छ । सामान आरुघाट गाउँपालिका-९ आरुघाट बजारमा झार्नेक्रममा गाडीबाट खस्दा घाईते भएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- २ बिष्णु श्रेष्ठको उपचारक्रममा मृत्यु भएको हो । बा ३ ख २५८३ नम्बरको फोरव्हील स्वराज गाडी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उता पुर्वी नवलपरासीमा बसले साईकललाई ठक्कर दिदा साईकलयात्री घाईते भएको छ । देवचुली नगरपालिका-१६ रजहर स्थित पूर्व पश्चिम राजमार्गमा सवारी पश्चिम बाट… पुरा पढौ

लोमान्थाङ तपाईको स्वागतमा पर्खिरहेको छ

भौगालिक दृष्टिले विकट मानिएको उपल्लो मुस्ताङमा कुम्भ मेला अर्थात महोत्सव नजिकिदै छ ।कोरलानाका ,लोमान्थाङ दरबार तथा मुक्तिनाथ दर्शन संग जोडेर गुफा भित्रै महोत्सव हुने सुईको थाहापाएपछि मुस्ताङमा आन्तरिक पर्यटक ओईरिने क्रम बढेको छ । लोमान्थाङ गाउँपालिकाले यही १६ देखि १९ गते ३ दिन सम्म महोत्सव संञ्चालन गर्ने जनाएको छ ।यसका लागि सबै तयारी पूरा भईसकेको महोत्सव मुल आयोजक तैयारी समितिका सचिव शुसिल अर्यालले जानकारी दिए ।गाउँपालिकाले उपल्लो मुस्ताङको कृषि र… पुरा पढौ

हिमाल आरोहण गर्ने क्रममा तीनजनाको मृत्यु

विश्वको पाँचौँ अग्लो हिमाल मकालु आरोहण गर्ने क्रममा तीनजनाको मृत्यु भएको छ । शुक्रबार मकालु हिमाल चडेर फर्केने टोलीलाई उद्दार गर्न गएका मकालु गाउँपालिका २ का निमा तेन्जी शेर्पाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक नेपाली र दुई भारतीय छन् । मकालु हिमाल आरोहण गरेर क्याम्प ४ मा आइपुग्न लाग्दा लडेर दुई भारतीय नागरिकको मृत्यु भएको बताइएको छ । उनीहरूको जेठ २ गते मृत्यु भएको हो । मृत्यु हुनेमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं