ताजा समाचार

जेठ १३ गते २०७६

अज्ञात समुहले ट्रिपर जलाएपछि यातायात ठप्प

अज्ञात समुहले आज बिहान ट्रिपर जलाएपछि यातायात सेवा ठप्प भएको छ ।

रामेछापको खुर्कोटबाट मन्थली जाने क्रममा ना ८ ख ३७७० नम्बरको ट्रिपरमा आगो लगाए पछि ट्रिपर जलेर ध्वस्त भएको हो ।

हात्ती टारमा ट्रिपरका ड्राइभरलाई झारेर बिहानै ट्रिपरमा आगजानी भएपछि मन्थलीबाट राजधानी काठमाडौं चल्ने सवारी साधन ठप्प भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले बताए ।