ताजा समाचार

जेठ १४ गते २०७६

मालपोत कार्यालयमा फेला परेको बम सेनाले निष्कृया पार्यो

जिल्ला मालपोत कार्यालय कैलालीको परिसरमा राखिएको बम नेपाली सेनाले निष्कृय पारेको छ। मंगलबार बिहान करिब ७ बजे भेटिएको बम साढे ९ बजे निष्कृय पारिएको हो ।

बेराडाडीबाट आएको नेपाली सेनाको टोलीले बम निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कालो भोलाभित्र बम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश जाग्रीले बताए।

उनका अनुसार बम डिजिटर नभएर आफै बनाएको जस्तो थियो भने त्यसमा घडी पनि थियो,बम राति राखिएको हुन सक्छ । सेनाले निष्कृय पारेपछि उक्त वस्तु बम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।