ताजा समाचार

जेठ १३ गते २०७६

मुस्ताङमा भारतिय नागरिकको मृत्यु

मुस्ताङमा एक भारतिय नागरिकको मृत्यु भएको छ । मुक्तिनाथ दर्शन गर्न गएकी अन्दाजी ६६ बर्षिय एल चुडामणीको थासाङ गाउँपालिका- ४ माथिल्लो घाँसामा अचानक बेहोस भएपछि पोखरा स्थित गण्डकी हस्पितलमा उपचारका क्रममा मृत्यु भएको हो ।

पोखराबाट मुक्तिनाथ जाँदै गरेको ना ६ ख १२७२ नम्बरको बसमा उनि अचानक बेहोस भएपछि उपचारका लागी पोखरा ल्याईएको थियो । उनी के कारणले बेहोस भएको भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी प्रवक्ता गोविन्द पुरीले बताए ।

त्यसै गरि यता पोखरा महानगरपालिका- १ पिएन क्याम्पस माथिल्लो गेट अगाडी एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । नामथर नखुलेको अन्दाजी वर्ष ३२/३३ को पुरुष मृत अवस्थामा फेला परेकोले थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।