ताजा समाचार

जेठ १३ गते २०७६

शुक्लागण्डकीको दुर्घटनामा सैनिकको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी २ गाछेपानीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो पोखराबाट दुलेगौंडातर्फ आउदै गरेको जीपले विपरीत दिशाबाट जादै गरेको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालकको उपचारका लागि लैजादा गर्दा मृत्यु भएको हो ।

ग २ च ९६२२ नं. को दूध बोक्ने जिपले मे ५ प ९२९६ नं. को मोटरसाइकललाई ठक्कर दिदा ईलामको माईजुमाई गाउँपालिका ३ प्वाङका २६ वर्षिय शैलेश लिमडुमको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । उनी नेपाली सेना गौरीबक्स गुल्म पोखरामा कार्यरत थिए ।
शैलेसको शव जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा राखिएको छ । जीप चालक र भ्यान प्रहरी नियन्त्रणमा छन् ।