ताजा समाचार

जेठ १३ गते २०७६

सरकारले सम्मान गर्ने सुचिमा विप्लवका ३ नेता पनि, को को हुन् ?

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३ नेताहरूलाई पनि सम्मान गर्ने भएको छ ।

सरकारले २०६४ र २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएका सांसदहरुलाई सविधानसभा पदकले सम्मान गर्ने घोषणा गरिरहँदा उक्त सम्मानित हुने लिस्टमा विप्लव समूहका ३ नेताहरु पनि परेका हुन् ।

गृहमन्त्रालयले तयार गरेको सम्मान गर्ने सूचिमा विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा ,सन्तोषकुमार बुढा मगर ,उमा भुजेललाई पनि सम्मान गर्दैछ ।

पूर्वमन्त्री समेत रहेका विश्वकर्मा २०६४ सालमा कालीकोट-१ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । बुढा मगर २०६४ सालमा रोल्पा-२ बाट चुनाव जितेका थिए । त्यस्तै भुजेल सरकारको पहिलो संविधानसभा निर्वाचनमा गोरखाबाट समानुपातिक सभासद बनेका थिए । भुजेल यतिबेला विप्लव समूहकी पोलिटब्यूरो सदस्य रहेकीछिन् ।

गृहले तयार पारेको सूचिमा पहिलो नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारी, दोस्रो नम्बरमा प्रधानमन्त्री केपी ओली, तेस्रो नम्बरमा सभामुख कृष्ण बहादुर महरा लगायत रहेका छन् । सरकारले प्रत्यक्ष र समानुपातिक गरी कुल ११ सय ९ जना सांसदहरुलाई सम्मान गर्न लागेको हो ।